Thursday, July 25, 2024
घरक्राइम चेकसरकार फेरिन लागेका बेला प्रहरीका उच्च पदमा बढुवाको दौडधुप

सरकार फेरिन लागेका बेला प्रहरीका उच्च पदमा बढुवाको दौडधुप

काठमाडौं। नेपाल प्रहरीमा रिक्त रहेको एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र एक जना डीआईजी पदका लागि दौडधुप शुरु भएको छ। नयाँ सरकार गठन हुने क्रममा रहेकै बेला नेपाल प्रहरीमा रिक्त रहेको एआइजी र डिआइजी पदमा बढुवाका लागि दौडधुप शुरु भएको हो।

डिसी नेपालकाअनुसार आइजीपी वसन्त कुँवरका ब्याची एआईजी उमेशराज जोशी र एआईजीमा सिफारिस डीआईजी पोषराज पोखरेलले उमेर हदका कारण अनिवार्य अवकास पाएपछि दुई पद रिक्त भएको हो।

एआइजी उमेशराज जोशी असार १९ एआइजीबाट र डिआइजी पोखरेल २१ बाट अनिवार्य अवकासमा गएका हुन्। उनीहरुको अवकाशपछि एक एआइजीका लागि समकालीन डिआइजीहरु प्रतिस्पर्धामा रहेका छन्।

अहिले भतरबहादुर बोहरा, दुर्गा सिंह, रवीन्द्र केसी, रामदत्त जोशी, बुद्धिराज गुरुङ, किरण राणा, कुवेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, चन्द्रकुबेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य लगायतका डीआईजी प्रतिस्पर्धामा छन्।

प्रहरी महानीरिक्षकले ब्याचीहरुकै एआइजी र डिआइजीमा प्रतिश्पर्धा चलिरहेको छ। भदौमा घर जाने केसीलाई एआइजी बनाउनुपर्ने एकथरीको मत रहेको छ भने अर्कोथरी शेरबहादुर देउवाको पूर्व सुरक्षा गार्ड रहेका बोहोराई बनाउनुपर्ने मत रहेको छ।

साथै गुरुङ र कडायत पनि एआइजीका बलिया दावेदार हुन्। अर्कोतर्फ रामदत्त जोशीले पनि राजनीतिक शक्ति परिचालन गरिरहेका छन्। किरण राणा र दुर्गा कुँवरले पनि महिला एआइजी मिरा चौधरी अवकाश पाइसकेकाले आफूहरुको दावी रहेको बताउँदै आएका छन्। उनीहरुको संभावना निकै न्यून रहेको विभाग स्रोतले जनाएको छ।

सरकारले सुरुमा रिक्त एआईजीमा यी डीआईजीहरूमध्येबाट बढुवा गरेपछि एसएसपीबाट डीआईजीमा बढुवा सिफारिस गर्नेछ। एआइीजसमा हाल कार्यरत एसएसपीमा ध्रुवराज राउत, भोलाबहादुर रावल, दिल्लीराज बिष्ट गणेश चन्द रहेका छन्। सबैभन्दा सिनियर गणेश चन्द हुन्।

चन्द २०६४ पुस ३० गते डीएसपीमा बढुवा भएका थिए। उनी आइजीपीका व्याची पनि हुन्। एसपी बढुवा हुँदादेखिनै उनी ब्याचीबाट छुटेका थिए। २०७४ साउन १९ गते एसपी बनेका चन्द एसएसपी भने २०७९ साउन ३ मा मात्रै बने।

उनी आगामी मंसिर २५ गते अनिवार्य अवकासमा जानेछन्। उनकी पत्नी दुर्गा कुँवरले एआइजी दावी गरिरहँदा उनी भने एसएसपीमै रहेका छन्। यसबाहेक ठूलो संख्यामा भदौ १६ गते प्रहरी अधिकृतहरू अवकासमा जाँदैछन्।

२० भदौमा एआइजी श्यामराज ज्ञवालीले अवकाश पाउनेछन्। त्यतिबेला डिआइजी विष्णुकुमार केसीसहित करिब एक सय जना प्रहरी अधिकृतहरु अवकाशमा जानेछन्।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -