Thursday, July 25, 2024
घरक्राइम चेकदाल चामलको बिलमा मलको तस्करी

दाल चामलको बिलमा मलको तस्करी

परासी । नवलपरासीका केही नाकाबाट तस्करीमा कमी आएको भए पनि केही नाकाबाट भने तस्करी राेकिएकाे छैन । बर्षात लागेसंगै धानको राेपाई शुरू भएको कारण खेतबाट हुने तस्करीमा धेरै कमी आएको छ । तर केही नाकाबाट भने तस्करी व्यापक रूपमा चलिरहेको छ । अहिले महेशपुर , गुठी पर्साैनी क्षेत्रबाट व्यापक तस्करी धन्दा चलिरहेको छ । सशस्त्र प्रहरीका कतिपय अधिकृतहरूकाे छ महिने कार्यकाल सकिन लागेकोले पनि यो क्षेत्रबाट व्यापक तस्करी भैरहेको स्थानीय व्यवसायीहरू बताउँछन् ।

सशस्त्र प्रहरी मुख्यालयले बिओपी तथा प्रस्तावित गुल्ममा खटिएका अधिकृतहरू आफ्नो जिम्मेवारीबाट च्युत हुँदै तस्करी गराउने र रकम असुलीमा लाग्ने गरेको भेटिए पछि सरूवाकाे मापदण्ड परिवर्तन गरि एक बर्षबाट छ महिनामा झारेको थियो । त्यसैले पनि आफ्नो समय सकिन लागेको भन्दै केही अधिकृतहरू सरूवाकाे मुखमा तस्करी गराउन लागिपरेको स्थानीय व्यवसायीहरूकाे आराेप छ । महेशपुर र गुठी पर्साैनीबाट अहिले व्यापक तस्करी भैरहेको उनीहरूकाे भनाइ छ ।

यसैगरी गाेपीगंज चाैपत्ताबाट पनि व्यापक तस्करी धन्दा चलेको छ। यो नाकाबाट दाल , चामल , मलको ठूलो तस्करी चलेको छ। यो नाकाबाट तस्करीको लाइन पाउनेमा प्रभु क्षेत्री रहेका छन् । उनलेे अहिले मलको ठूलो तस्करी गरिरहेका छन् । त्यसाे त प्रभुले चिनी र मलको ठूलो तस्करी गर्दै आइरहेपनि अहिले भने मलको ठूलो तस्करी लाइन चलाएका छन् । भारतीय सीमावर्ती नाकाबाट माेटर साइकल मार्फत मलका बाेरा अाेसार्ने र सीमावर्ती घरमा भण्डारण गर्ने गर्दछन । त्यसपछि २०० देखि माथि बाेरा मल जम्मा भए पछि ट्रकमा लाेड गरेर गन्तव्यमा पठाउने काम प्रभु क्षेत्रीले गर्दैन आइरहेका छन् । सेटिङ नभएको ठाउँमा नेपाल प्रहरी वा सशस्त्र प्रहरी अथवा राजश्वले चेकजाँच गरेमा दाल चामलको बिल देखाउने काम हुदै आएको छ । बाहिर एकाध बाेरा दाल चामल भए पनि ट्रकमा भित्र भने सबै तस्करी गरिएको मलका बाेरा हुने गरेको समेत खुलेको छ। नेपाल प्रहरीकाे हकमा जिल्ला प्रहरी कार्यालयबाट खटिएका सिपाही प्रदिप गुप्ता लगाएका पुराना घुमुवाहरू छदैछन भने सशस्त्र प्रहरीकाे हकमा केन्द्रीय व्युराेबाट घुमुवाकाे रूपमा खटिएका सिपाही रामराजा मल्ल रहेका छन् ।

दरबन्दी अन्यत्र जहाँ भए पनि सधै नवलपरासीको घुमुवाकाे रूपमा परिचालित सिपाही रामराजा मल्लले केही दिन अघि मात्रै झिमिरे भार भन्ने ठाउँमा प्रभु क्षेत्रीकाे तस्करीको मलकाे गाडी राेकेर रकम लिएको समेत खुलेको छ। रबि लामिछाने पहिलो पटक गृहमन्त्री हुंदा भएको घुमुवा अप्रेसनमा मल्ल सुदूरपश्चिममा काज भए पनि पछि दरबन्दी बनाउने क्रममा चितवन पार्न सफल भए । तर उनी चितवन पनि हाजिर नभई बर्दघाट स्थित तालिम शिक्षालयमा बसी घुमुवाकाे रूपमा परिचालित भए । त्यसपछि पनि बदनाम भए पछि अहिले फेरि केन्द्रीय व्युराेमा काजमा आएर फेरि निज सिपाही मल्ललाई सशस्त्र प्रहरी महानिरीक्षककाे सचिवालयमा कार्यरत डिएसपी सुदिप रेग्मीले संरक्षण गरेको समेत खुल्न आएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -