२०८३ जेष्ठ १ गते, शुक्रबार १८:२५

मदिरा पिएर झगडा गरेपछि दुबई जान लागेका राजेशपायल विमानबाट निकालिए

काठमाडौं/सांगीतिक कार्यक्रममा सहभागी हुन दुबई जान लागेका गायक राजेशपायल राईलाई विमानबाट निकालिएको छ ।

आज(बिहीबार) बिहान सांगीतिक कार्यक्रमका लागि दुबई जान लागेका राईले मदिरा पिएर विमानका कर्मचारीसँग झगडा गरेपछि विमानबाट निकालिएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ।

उनी त्रिभुवन विमानस्थलबाट फ्लाई दुबईको जहाजबाट दुबई जाने क्रममा मदिरा पिएर विमानमा प्रवेश गरेका थिए। विमानमा प्रवेश गरेर कर्मचारीसँग झैझगडा गर्न थालेपछि राईलाई निकालेर विमान उडेको हो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM