Thursday, July 18, 2024
घरक्राइम चेकसंसारको पतन हुँदै जादा मानिसको मुस्कान हराउँछ

संसारको पतन हुँदै जादा मानिसको मुस्कान हराउँछ

– ललितध्वज खड्का
महाभारत युद्ध समाप्ति पश्चात् युधिष्ठिरलाई सोधिएको एक प्रश्नको उत्तर यस्तो थियो । “संसारको पतन हुँदै जाँदा मानिसको मुस्कान हराउछ ।” युधिष्ठिरको वाक्य सहि साबित  हुँदै त छैन ? मुस्कान हराउनुको प्रमुख कारण हो मानिसले नैतिकता गुमाउनु । नैतिकहिन मानिस चाहेर पनि मुस्काउन सक्दैन । जो हाँस्छ त्यो बाँच्छ भनाई अहिलेको पुस्ताले अनुशरण गर्न सक्दैनन् । मानिस युवाअवस्स्थामै निस्कृय र निरास भएका छन् । मानिस खुलेर हाँस्न सकिरहेको छैन । हाँस्छ त केवल देखावटी झ् दोष यहि समाजको हो यस अर्थमा कि युवा पुस्तालाई नैतिक शिक्षा दिन सकेन । तसर्थ  तनाब मुक्त समाज निर्माणमा हाम्रो सामथ्र्य पुगेन । समाजलाई मुस्कान दिन त परको कुरा पीडा र मानसिक तनाब दिदै विदेश लखेटिरहेका छौं ।
समाजमा  एउटा द्वन्द्व विद्यमान छ । हुने खाने र भए खाने बीचको वर्ग संघर्ष । अर्थात् हुने खाने मुस्काई रहन्छ, भए खाने चाहिँ चिन्चित भैइ चितामा पुग्छ । ठगेर खाने सधैं खुशी हुन्छन् । श्रमजीवी जीवनभर चिन्तित हुन्छन् । तपाई हाम्रो मुस्कान खोस्ने यो धर्ती बाहिरको हैनन् । हामीले नै जिताएर पठाएका राजनीतिक दलका शीर्षस्थ नेता नै हुन्, जसले कैयौं पटक जनताको मुहारमा मुस्कान ल्याउँछु भन्दै शासन गरे । नेतृत्वले आफ्ना परिवार अनि कार्यकर्ताको बाहेक नागरिकलाई सोच्दै सोचेनन् । यस्तालाई नैतिक हराम र ठग हुन भन्दा फरक नपर्ला । जनताले गाँस काटेर तिरेको कर माथि गिद्धे दृष्टि गाडी नीतिगत भ्रष्टाचार गर्छन् । ठगी धन्दा गर्ने राजनीति दल मात्रै छैनन् । व्यापारी, बैंक, लघुबित्त, सहकारी, हस्पिटल अनि सरकार मातहतका सेवाहरुबाट जनता यत्रतत्र सर्बत्र ठगिएका छन् ।
जो ब्यक्तिले आफूले पाएको जिम्मेवारी शतप्रतिशत पूरा गर्छ त्यो ब्यक्ति नैतिकवान हुन्छ । आफ्नो नीजि जीवनको साटो समाज कल्याणलाई बढी महत्त्व दिनु नैतिकताको उद्देश्य हो । इमानदार ब्यक्ति, अनुशासित ब्यक्ति, कर्मशील ब्यक्तिलाई नैतिकवान मानिन्छ । राजनैतिक नेतृत्वमा यी गुण भएको ब्यक्ति पाउन कठिन हैन महाकठिन छ । नैतिकता गुमाएका वा भनौं, नैतिक पतन भएका पात्रहरुले  सोझा साझा  जनतामाथि शासन गरिरहेका छन् ।
सहि गलत, असल खराब, राम्रो नराम्रो, लोकलाज र समाज कसैलाई मतलब नराख्नु, नैतिक पतन हुनु हो । शास्त्रले भन्छ, यस्ता ब्यक्ति पशु समान हुन्छन् । सत्यलाई हजार तरिकाले भन्न सकिन्छ तर सत्य एउटै हुन्छ । मान्छे जति सुन्दर छ त्यति कुरुप छ । मान्छे जति बलवान् छ त्यति दुर्बल छ । ह्दय जति विशाल छ त्यति नै लोभी छ ।
राजनीति सफा पानी बग्ने खोला हो ढल जम्ने पोखरी होइन । सत्ताले राजनीतिकर्मीमा दम्भ पैदा हुन्छ अनि शक्ति र सत्ताको अनुचित प्रयोग गर्छन् ।  राजनीतिक परिवर्तन भए उपलब्धि नेताहरुमै सिमित भयो । आर्थिक परिवर्तनको प्रयास भए पनि नेता तथा कार्यकर्ता विभिन्न माध्यमद्वारा ठगेर बिलासी जीवन यापन गर्ने भए ।
ठगकै प्रस·मा एउटा पौराणिक कथा छ, आशा छ पाठकबृन्दलाई रमाइलो लाग्नेछ । परापूर्वकालमा एउटा गाउँमा एक जना दृष्टिबिहिन बुढी थिईन् । ती बुढी गणेशजीको परमभक्त थिईन । दृष्टि बिहिन भएता पनि गणेशको बन्दनामा ब्यस्त र मस्त रहन्थिन् । भगवानको प्रतिमा अघि बसेर स्तुति, जप ध्यान नित्य गर्नु दैनिकी थियो । बुढीको भक्ती देखेर गणेशजी प्रसन्न भए । गणेशजी सोच्न थाले, मेरो नित्य स्तुतिगान गरेर पनि केही बरदान किन माग्दिनन् ? केही न केही त दिनै पर्यो भनी बुढीको सामुन्ने प्रकट भए.. र भने माता तपाईं मेरो सच्चा भक्त हो । तपाईको श्रद्धा र विश्वासले निकै प्रसन्न भए, के वरदान माग्नुहुन्छ म पूर्ण गरिदिन्छु । गणेशजीको कुरा सुनेर खुशी हुँदै बुढिले भनिन् – प्रभु म त   हजुरको भक्ती र प्रेम भाव मात्र गर्छु । माग्न त मैले सोच्दै सोचिन अत: मलाई केही चाहिदैन । गणेशजी पुन: भन्छन्– हे माते म प्रसन्न भएर बरदान दिन आएको हँु, मैले केही न केहि दिनै पर्छ । आगे बुढी भन्न लागिन्– हे सर्वेश्वर झ् मलाई माग्न आउँदैन । यदि दिन चाहनु हुन्छ भने भोलि पाल्नु होला, म छोरा बुहारीसँग सल्लाह गरेर भन्छु । बुढिको कुरा सुने पछि भोलि आउने बाचा गरि अन्तध्र्यान भए । बुढिको एक जना छोरा बुहारी थिए । गणेशजीको सबै कुरा सुनाइन् । छोराले बरदानमा प्रशस्त धन सम्पत्ति माग्न भने । बुहारीले सुन्दर छोरा बरदान माग्न भनिन् । छोरा बुहारीको आ–आफनै मतलबको कुराले बुढी अलमलमा परिन् । नजिकैको एक असल छिमेकी महिलासँग सल्लाह मागिन । छिमेकीले भनिन् हेर तिमीले जीवन भर दु:ख कष्ट भोग्यौ, धन सम्पत्ति र नाती के काम ? तिम्रो दृष्टि नै छैन । यो सान्सारिक वस्तु तिम्रो लागि ब्यर्थ छ तसर्थ हेर्नको लागि दृष्टि माग । बुढी घर आईन… सोच्न थालिन यस्तो के मागु जो छोरा बुहारी सबैको भलो होस् । सोच्दा सोच्दै रात बित्यो । बिहान भयो । बाचा अनुसार गणेशजी प्रकट भए । गणेशजी भन्न लागे– माता जे बरदान चाहियो माग्नुस, मेरो कृपाले सबै पुर्ण हुनेछ । यो मेरो वचन भो । गणेशजीको पावन वचन सुने पछि बुढिले भनिन – हे गणराज यदि हजुर प्रसन्न हुनुहुन्छ भने मेरो मन इच्छित बरदान दिनुहोस । म मेरो नातिले सुनको गिलासमा दूध खाएको हेर्न चाहन्छु । बुढिको चलाखीपुर्ण कुरा सुने पछि मुस्कुराउदै गणेशजी भन्छन्–माता तपाईंले त मलाई ठग्नु भयो । एउटा माग्नु भनेको थिए तपाइले त एउटामा सबै बरदान माग्नु भयो । आफ्नो लामो आयु र दृष्टि, छोराको लागि धन सम्पत्ति बुहारीको लागि नाति । प्रशस्त धन भएपछि नातीलाई सुनको गिलासमा दूध खाएको हेर्न तपाईलाई दुई आँखा पनि दिनै पर्यो । म त ठगिए माता, तै पनि सबै पूर्ण होस भनी गणेशजी अलप भए ।
तात्पर्य पाठक बृन्दले ठम्याउनु भयो होला । मौका पाउँदा मान्छेले भगवानलाई त ठग्न छाडदैन । हामी जस्ता भुई मान्छेलाई नेतृत्वदायी भुमिकामा बसेकाहरुले उठ्नै नसक्ने गरि पातालमै धसाई सकेका छन् । सामाजिक र सांस्कृतिक परिवर्तन कस्का लागि भयो ? नेता तथा कार्यकर्ताले बुझेका छैनन्, जनताले के बुझुन् । समाजमा भएको बिकृति विसंगति बढेर चुलिमा पुग्या छ । कसैलाई कसैको विश्वास छैन । सरकार नागरिकको अभिभावक हो । सरकारले बनाएको कानुन सबैले मान्नु पर्ने हो तर जनतालाई सरकार पनि छ ।
सरकारले बनाएको कानुन सबैले मान्नु पर्ने हो तर जनतालाई सरकार पनि छ है भन्ने नै लादैन । एउटा न एउटा पार्टीको कार्यकर्ता, त भन्दा म के कम भन्ने छ । मानिसमा डर भन्ने चिज हुनै पर्छ नत्र समाज समाज रहदैन । अहिले सम्म समाजको अस्तित्व बचेकै धर्मले हो । भनिन्छ नि धर्मो रक्षती: रक्षित: । राजनीति गर्नेसँग इमान्दारिता चरीत्रवान र नैतिकवान गुण आवश्यक छ । सबै क्षेत्रबाट नागरिक ठग्ने धन्दा यथासक्य छिटो बन्द गरिनु पर्छ । नागरिकलाई मुस्कान सहितको सेवा प्रदान हेतु हरदम प्रयत्नरत बनौं ।
२०८१ असार १३ गते क्राइम चेक साप्ताहिकमा प्रकाशित
अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -