Thursday, July 25, 2024
घरक्राइम चेकअनुगमन गर्न गएको टोली आकाशबाटै फिर्ता

अनुगमन गर्न गएको टोली आकाशबाटै फिर्ता

काठमाण्डौ/अनुगमन गर्न हिडेको योजना आयोगको टोली जहाज अवतरण गर्न नसकेर भैरहवा विमानस्थलबाट फर्किएको छ । आयोगका वरिष्ठ सदस्य डा. रामकुमार फुयाल नेतृत्वको टोली बुद्ध एयरको ७ः५५ को जहाज मार्फत भैरहवा विमानस्थल पुगेको थियो ।

आयोगले विशेष आर्थिक क्षेत्र (सेज), बुटवल धागो कारखाना, धौवदी फलाम उद्योग लगायतको अनुगमन गरी शुक्रबार फर्कने योजना थियो । जहाज अवतरण हुन नसकेपछि जहाजभित्र रुवावासी समेत चलेको थियो ।

आयोगको टोलीसँगै जहाजभित्र पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल समेत थिए ।

जहाज फर्किएपछि आयोग सदस्य डा. फुयाल सिंहदरबारस्थित कार्यालयमा हाजिर हुनु भएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -