२०८३ बैशाख २२ गते, मंगलवार १२:३०

कर्णाली नदीमाथी झोलुङ्गे पुलको लठ्ठा चुडिँदा १५ वटा खच्चर च्यापिए

अछामकाे पञ्चदेवल नगरपालिका – ९ कालेकाँडा र दैलेखको आठवीस नगरपालिका- ४ खिड्की जिउला जोड्ने कर्णाली नदीमाथीको झोलुङ्गे पुलको लठ्ठा चुडिँडा १५ वटा खच्चर पुलको जालिमा फसेका छन् । पुल चुँडिएपछि आवत-जावत अवरुद्ध भएको छ।

आज बिहान ११ बजेतिर पुल चुँडिएको र आवत-जावत अवरुद्ध भएको हो । प्रहरीका अनुसार पुलको लठ्ठा चुँडिएपछि ढुवानीको सामान बोकेका १५ वटा खच्चर पुलमा च्यापिएका छन् भने आवत जावत पनि पूर्ण रूपमा ठप्प छ।

स्थानीय भन्छन्, पुलको जाली फुस्किएर खच्चरहरू छिरेका छन्, उद्दार गर्न पनि त्यति सम्भव देखिँदैन । ‘खच्चरहरू रक्ताम्य भइसके, उद्दार गरे पनि कतिपय खच्चर मर्छन होला, उद्दार गर्न नसकिए सबै मर्छन्।’

अहिले जिल्ला प्रशासन कार्यालय दैलेखले फसेका खच्चडहरूको उद्दारको तयारी थालेको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM