२०८२ असार २० गते, शुक्रबार ०६:१८

युएन प्रतिनिधि हाना र आयोगका उपाध्यक्ष श्रेष्ठबीच भेटवार्ता

काठमाडौं/राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मा. डा. मीनबहादुर श्रेष्ठसँग संयुक्त राष्ट्रसङ्घ नेपालका लागि आवासीय संयोजक हाना सिंगर हृयाम्डीले भेटवार्ता गर्नु भएको छ । बिहीबार सिंहदरबारस्थित योजना आयोगको कार्यालयमा पुगेर आवासीय संयोजक हानाले उपाध्यक्ष डा. श्रेष्ठसँग भेटवार्ता गर्नु भएको हो ।

भेटवार्तामा आगामी आर्थिक वर्षदेखि लागू हुने १६औँ योजनाको कार्यान्वयन, आगामी वर्षको वार्षिक बजेट, अतिकम विकसित मुलुक (एलडिसी) बाट विकासशील मुलुकमा स्तरोन्नति हुने तयारी साथै दिगो विकास लक्ष्य कार्यान्वयनमा भएको प्रगति समीक्षा विषयमा छलफल भएको थियो ।

नेपालले आगामी जुलाईमा अमेरिकाको न्युयोर्कमा हुने उच्च स्तरीय राजनीतिक फोरममा दिगो विकास लक्ष्य सम्बन्धमा तेस्रो स्वेच्छिक राष्ट्रिय समीक्षा (भीएनआर) प्रतिवेदन प्रस्तुत गर्नेछ ।

यसअघि नेपालले सन् २०१७ मा पहिलो पटक र सन् २०२० मा दोस्रो पटक भिएनआर प्रतिवेदन प्रस्तुत गरेको थियो । आगामी तेस्रो प्रतिवेदनले दिगो विकास लक्ष्य कार्यान्वयनको मध्यअवधीसम्मको प्रगति समीक्षा गर्नुका साथै बाँकी अवधीका लागि प्राथमिकताका क्षेत्र पहिचान एवम् अवलम्बन गरिने रुपान्तरणकारी रणनीति र कार्यक्रमहरू तय गर्नेछ ।

छलफलको क्रममा संयुक्त राष्ट्र सङ्घले हालसम्म गर्दै आएको सहयोगका लागि धन्यबाद दिदै उपाध्यक्ष श्रेष्ठले १६औँ योजना कार्यान्वयन र आयोगको क्षमता अभिवृद्धिका लागि हुने सहयोगको निरन्तरताका लागि हानासँग अनुरोध गर्नुभयो ।

प्रतिक्रिया लेख्नुहोस्

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

neelambads

Live

Listen Live FM