Wednesday, June 19, 2024
घरक्राइम चेकनेपाल प्रहरीका सात डिआइजीको सरुवा र पदस्थापन

नेपाल प्रहरीका सात डिआइजीको सरुवा र पदस्थापन

काठमाडौं । नेपाल प्रहरीले डीआईजीहरुको सरुवा र पदस्थापन गरेको छ । भर्खरै बढुवा भएका ४ डीआईजीको पदस्थापन र ३ डीआईजीको सरुवा गरिएको छ । मन्त्रीस्तरीय निर्णयका आधारमा डीआईजीहरुको सरुवा र पदस्थापन भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विवादमा परी तानिएका अर्जुन चन्द ठकुरीलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सरुवा गरिएको छ । कर्णालीका डीआईजी लालमणि आचार्यलाई ९ महिनामै हटाइएको छ । उनलाई भरतपुरस्थित जुनियर प्रहरी शिक्षालयमा सरुवा गरिएको छ ।

रामदत्त जोशीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरिएको छ । भर्खरै बढुवा भएका डीआईजीहरु डा. मनोजकुमार केसीलाई विशेष ब्यूरो, दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा, कृष्णहरि शर्मा पोखरेललाई उपत्यका प्रहरी कार्यालय र राजन अधिकारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन गरिएको छ ।

हेर्नुहोस् सूचि

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -