Sunday, March 23, 2025
घरक्राइम चेक८० लाख लुटेको आरोपमा दुई जना पक्राउ

८० लाख लुटेको आरोपमा दुई जना पक्राउ

धनुषा। जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट रु ८० लाख लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत वैशाख २४ गते जनकपुरधाम उपमहानगरपालिका–१९ थुमौनामा सहकारी कर्मचारीलाई पेस्तोल देखाएर रु ८० लाख लुटेको घटनामा संलग्न रहेको आरोपमा जनक महतो र श्रवण कापरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए।

प्रमुख तिवारीका अनुसार उनीहरूको साथबाट रु १४ लाख ५३ हजार नगद बरामद गरिएको छ ।

धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरको शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई मोटरसाइकलमा आएका केही हतियारधारीले लुटेका थिए ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -