२०८३ असार २७ गते, शनिबार ०३:५१

घुससहित पक्राउ परेका वडाध्यक्ष कार्की भ्रष्टाचारी ठहर

वीरगंज/सेवाग्राहीसँग घुस लिँदैगर्दा रंगेहात पक्राउ परेका बाराको जितपुर सिमरा उप-महानगरपालिकाका वडाध्यक्ष भ्रस्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

रंगेहात पक्राउ जितपुर सिमरा उपमहानगरपालिका- ३ का वडा अध्यक्ष ताराबहादुर कार्कीलाई विशेष अदालतले दोषि ठहर गरेको हो।

विशेष अदालतका न्यायाधीश टेक नारायण कुवर र तेज नारायण सिंह राइको इजलासले बिहीबार वडा अध्यक्ष कार्कीलाई दोषि ठहर गरेको हो।

२०८० पुष २ गते हेटौंडास्थित अख्तियारको टोलीले बाराको जितपुरसिमरा उपमहानगरपालिका-३ का वडाध्यक्ष कार्कीलाई पाँच लाख घुस रकमसहित पक्राउ गरेको थियो।

उनीविरुद्ध विशेष अदालतमा अख्तियारले २०८० साल माघ १० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको थियो। ०७४ सालको स्थानीय तहको निर्वाचनमा कार्की नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।देशसंचारबाट

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM