Tuesday, May 28, 2024
घरप्रदेशहुण्डीको १३ लाख रकमसहित एक पक्राउ

हुण्डीको १३ लाख रकमसहित एक पक्राउ

वीरगंज/वीरगंजबाट हुण्डी कारोबारको आशंकामा १३ लाख रुपैयाँ नगदसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साको वीरगंज महानगरपालिका-२२ जगरनाथपुरका २८ वर्षीय रविकुमार पटेल रहेका छन् । उनको साथबाट १३ लाख २५ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वीरगगंज महनगरपालिका-१४ गण्डकस्थित सडकमा वीरगंजबाट परवानीपुरतर्फ जाँदै गरेका प्रदेश २–०३ –०१० प ६७१९ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो ।

त्यसक्रममा उक्त मोटरसाइकलमा सवार पटेलले बोकेको झोलाबाट नेपाली १ हजार दरको नोट थान ८ सय ८९ थान, ५ सय दरको नोट ८ सय ५० थान र १ सय दरको नोट १० थान गरी कूल १३ लाख २५ हजार रुपैयाँ भेटिएको र उक्त रकमको श्रोत खुलाउन नसकेकाले रकमसहित पटेललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताउनु भयो ।

साथै पटेलको सातबाट विभिन्न बैंकको खाली चेक ७ थान पनि बरामद भएको बताइएको छ । पटेलको साथबाट बरामद रकम हुण्डीको रहेको प्रहरीको आशंका छ । पटेललाई प्रहरी हिरासतमा राखेर उनीविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरुद्धको कसुरमा थप अनुसन्धान भइरहेको डिएसपी थापाले बताए ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -