२०८३ बैशाख ३१ गते, बिहीबार ०१:५६

चाँदीसहित सोनार पक्राउ

वीरगंज/ तस्करी गरी नेपाल भित्र्याउन लागेको अवैध चाँदीसहित एक युवकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

बाराको फेटा गाउँपालिका वडा नं. ३ बस्ने २० वर्षीय रोशन सोनारलाई दुई किलो १७३ ग्राम चाँदीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताउनु भयो।

डिएसपी थापाका अनुसार भारतबाट अवैधरूपमा चाँदीका गर-गहनाहरु ल्याउँदै गरेको सूचना प्राप्त भएपछि प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले शनिवार विहान १० बजेको समयमा रजतजयन्ति चोक स्थितमा भारत रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेको अवस्थामा सर्राफलाई रोकी निजलाई कानूनी रीतपुर्‍याई खानतलासी गर्दा निजको कम्मरको भागमा रातो सेतो रङकको गम्छाले बाँधी ल्याएको चाँदी जस्तो देखिने धातुबाट बनेका विभिन्न किसिमका गर-गहनाहरू २ के.जी. १७३ ग्राम फेला परेको हो।

पक्राउ परेका सर्राफलाई उक्त चाँदी सहित नियन्त्रणमा लिई आवश्यक कारवाही कालागि आइतवार वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको डिएसपी थापाले बताउनु भयो।

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM