Sunday, May 19, 2024
घरप्रदेशचाँदीसहित सोनार पक्राउ

चाँदीसहित सोनार पक्राउ

वीरगंज/ तस्करी गरी नेपाल भित्र्याउन लागेको अवैध चाँदीसहित एक युवकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

बाराको फेटा गाउँपालिका वडा नं. ३ बस्ने २० वर्षीय रोशन सोनारलाई दुई किलो १७३ ग्राम चाँदीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताउनु भयो।

डिएसपी थापाका अनुसार भारतबाट अवैधरूपमा चाँदीका गर-गहनाहरु ल्याउँदै गरेको सूचना प्राप्त भएपछि प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले शनिवार विहान १० बजेको समयमा रजतजयन्ति चोक स्थितमा भारत रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेको अवस्थामा सर्राफलाई रोकी निजलाई कानूनी रीतपुर्‍याई खानतलासी गर्दा निजको कम्मरको भागमा रातो सेतो रङकको गम्छाले बाँधी ल्याएको चाँदी जस्तो देखिने धातुबाट बनेका विभिन्न किसिमका गर-गहनाहरू २ के.जी. १७३ ग्राम फेला परेको हो।

पक्राउ परेका सर्राफलाई उक्त चाँदी सहित नियन्त्रणमा लिई आवश्यक कारवाही कालागि आइतवार वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको डिएसपी थापाले बताउनु भयो।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -