२०८२ माघ २४ गते, शनिबार ००:४३

मधेश प्रदेशमा डिआइजी पोखरेलको यस्तो सेटिंग, सरुवा गर्ने गृहको तयारी

काठमाडौं । ६ जिल्लाका एसपी, काठमाडौं र अपराध अनुसन्धान कार्यालयका एसएसपीको समय नपुग्दै सरुवापछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने अब मधेश प्रदेशका डीआईजी सरुवा गर्ने तयारीमा छन् ।

शान्तिसुरक्षा र तस्करी नियन्त्रणमा भन्दा पनि अतिरिक्त लाभमा केन्द्रित भएको गुनासा आउन थाालेपछि मधेश प्रदेश प्रहरी प्रमुख यज्ञविनोद पोखरेलको सरुवा गर्ने तयारी गृहमन्त्रालयले गरेको स्रोत बताउँछ । गृहमन्त्री लामिछानेले आईजीपी बसन्तबहादुर कुँवर फ्रान्सको लियोन भ्रमणमै रहेको बेला बैशाख १८ मा निमित्त महानिरीक्षक रहेका टेकप्रसाद राईलाई निवासमै बोलाएर डीआईजी पोखरेलको सरुवाका लागि सिफारिस गर्नका लागि भनेका थिए । तर एआईजी राईले आईजीपी नभएकोे समयमा दैनन्दिन कार्यबाहेक डीआईजी सिफारिस गर्न नमिल्ने जवाफ दिएपछि रोकिन पुगेको स्रोत बताउँछ ।

गृहमन्त्री रवि लामिछानेको निर्देशनमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले सादा पोशाकमा प्रहरी नखटाउन परिपत्र गरे पनि मधेश प्रदेशका डिआईजी डिआईजी यज्ञविनोद पोखरेलले घुमाउरो ढंगले घुमुवा परिचालन गरी आर्थिक लाभलाई बढावा दिन छाडेका छैनन् । उनी खोटाङमा कार्यरत विवादित इन्स्पेक्टर कृष्णदेवप्रसाद साहकोे सल्लाहमा चल्ने गरेका छन् । साह इलाका प्रहरी कार्यालय खोटाङ बजार कार्यालयका इन्चार्ज छन् ।

नेपाल फेसका अनुसार कृष्णदेव प्रसाद साह(केडी)कै सल्लाहमा ढल्केवर गणमा कार्यरत रहेका सञ्जय शर्मालाई डिआईजी कार्यालयमा ल्याएर अतिरिक्त लाभका लागि परिचालन गरिएको छ । अघिल्ला गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालय नै संचालन गर्ने सुसन कर्माचार्यसँग सेटिङ गरी सिनियर डीआईजीलाई पछि पार्दै मधेश प्रदेशमा सरुवा भएका पोखरेलले केडीको सल्लाहमा संजय शर्माको कमाण्डमा पूर्व प्रहरी हवल्दार शिव मण्डल, हाल इलाका प्रहरी कार्यालय जटहीमा कार्यरत अशोक यादव लगायतकालाई घुमुवा राखेका छन् । मधेश प्रदेशको तस्करीको संजालबारे सबै जानकारी भएका साहको सल्लाहमा डिआईजी साहले सोझै घुमुवा नराखी कतिपय जिल्लामा दरबन्दीकै प्रहरीलाई अतिरिक्त असुलीमा लगाएको आरोप छ ।

केडी साहले २०७६ असार ५ मा तत्कालीन नेकपा विप्लवका नेता कुमार पौडेललाई गोली प्रहार गरी हत्या गरेको आरोपमा सर्वोच्च अदालतले अनुसन्धान अगाडि बढाउन आदेश दिएका पात्र हुन् । डीआईजी पोखरेलले असई श्याम साहलाई रौतहटमा सादा पोशाकमा परिचालन गरी असुलीमा लगाएका थिए । पछि साहको बारेमा प्रहरी हेडक्वाटरमा गुनासो पुगेपछि ताप्लेजुङ सरुवा भएका थिए । ताप्लेजुङ सरुवा भएपछि उनले प्रहरीबाटै राजीनामा दिएका थिए ।

डीआईजी पोखरेलले साला पूर्वएसएसपी अनुराग द्विवेदीमार्फत् प्याजदेखि लत्ताकपडाका कारोबारीहरुसँग पनि सेटिङ गरेको आरोप छ । आफ्नै टोलीका सिपाहीलाई गोली हानेको आरोपमा ६ महिना निलम्बनमा परेका असई बच्चा यादवलाई पनि उनले महोत्तरीमा घुमुवा राखेका छन् । ६ महिनाअगावै उनको निलम्बन फुकुवा गरिएको थियो ।

त्यसैगरी, आईजीपी कुँवर दरबन्दी पठाओ अभियानमा लागिरहँदा डीआईजी पोखरेलले भने विपत ब्यवस्थापन कार्यालय पर्सामा कार्यरत सई त्रिभुवन साहलाई बाराको अमलेखगंज इलाका प्रहरी कार्यालयको इन्चार्जमा सरुवा गरेका छन् । जिल्ला प्रहरी कार्यालय बारामा काजमा ल्याएको केही दिनमै डीआईजी पोखरेलले उनलाई अमलेखगंज पठाएका हुन् ।

वीरगंज भन्सारदेखि विभिन्न आकर्षक पोष्टमा बर्षौ कार्यरत जुनियर अधिकृतलाई बाराका राजमार्ग र सीमाचौकीमा सरुवा गरिएको छ । तस्करीमा सहजीकरण गर्न डीआईजी पोखरेलले बाराका सीमाक्षेत्रका प्रहरी चौकी मुसहर्वामा सई रबिन्द्र साह, छतवामा सई सन्तोष केसी, पथलैयामा नरेशबहादुर शाही, मटिअर्वामा अरुण यादवलाई इन्चार्ज बनाएका छन् ।

अरुण यादव बाहेक मुसहर्वा, छतवा, पथलैया र अमलेखगञ्ज इन्चार्ज खटाइएकाहरु यसअघि पर्साको बीरगंजमा लामो समय कार्यरत रहिसकेका र उनीहरुको तस्करहरुसँग राम्रो सम्बन्ध भएकाले तस्करी लाइन दिएर कमाउधन्दा संचालन गर्नका लागि नै डीआईजी पोखरेलले खटाएको आरोप छ ।

त्यसैगरी, रवि लामिछाने र आईजीपीको रोजाइमा महोत्तरीमा सरुवा भएका एसपी नकुल पोखरेलले पनि जवान राजेश यादव र सहायक हवल्दार धर्मेन्द्र यादवलाई घुमुवा राखी अतिरिक्त असुली गर्ने गरेको आरोप छ । स्रोतका अनुसार उनीहरुलाई सोझै सादा पोशाकमा नराखी ड्यूटी आवर सकिसकेपछि घुमुवाको काममा लगाउने गरिएको छ ।

यसैबीच, धनुषाको इलाका प्रहरी कार्यालय खजुरीका इन्सपेक्टर राजकुमार भट्टले पाँचथर सरुवा भएका प्रहरी हवल्दार बृजेश मुखियालाई घुमुवा राखेका छन् । बेलाबेलामा मुखिया पाँचथरबाट आउने र ब्यापारीसँग सेटिङ मिलाउने गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM