२०८२ माघ २८ गते, बुधबार ०९:५७

नबिल बैंक चोरीकाण्डका तीन अभियुक्त १८ लाख रुपैयाँसहित भारतमा पक्राउ 

वीरगंज/ वीरगंज ब्रह्मचोक स्थित नबिल बैंकको शाखाबाट चोरी गरेको नगदसहित तीन जना भारत बिहारको मोतिहारीमा पक्राउ परेका छन्।

बैंकमा चोरी गरिएकोमध्ये १८ लाख २३ हजार २ सय नेपाली रुपैयाँ, चोरीको क्रममा प्रयोग गरिएका हतियार र अन्य औजारसहित भारतीय प्रहरीले एक महिलासहित तीन जनालाई नियन्त्रणमा लिइएको मोतिहारी प्रहरीका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) कान्तेश कुमार मिश्रले बताउनु भयो ।

पक्राउ पर्नेमा विहारको झरोखर थाना क्षेत्रका मन्टु कुमार, अर्जुन कुमार र दरपा थाना क्षेत्रकी सबिता देवी रहेको एसपी मिश्रले जानकारी दिए । पक्राउ परेकाहरूले भारतमा एक जना हुन्डी कारोबारीसँग पनि ४० लाख रुपैयाँ लुटेको भारतीय प्रहरीको दाबी छ । विहार क्षेत्रमा भएका अन्य चोरीको घटनामा समेत उनीहरूले आफ्नो संलग्नता रहेको स्वीकार गरेको एसपी मिश्रले बताए ।

नबिल बैंकमा चोरी पश्चात् लुटेको रकमसहित चोरहरू भारत पुगेका थिए । त्यहाँ पुगेका चोरहरूको खोजी गर्न नेपाल प्रहरीको आग्रह पश्चात् घटनाको छानबिन गर्न एसपी मिश्रले एउटा विशेष टोली नै गठन गरेका थिए । गठित टोलीले विशेष सूचनाको आधारमा दरपा थानाबाटमा छापा मारी गरेर १७ लाख २८ हजार २ सय नेपाली रुपैयाँ बरामद गरेको थियो । सो क्रममा प्रहरीले मन्टु र अर्जुन पक्राउ परेका थिए । उनीहरूसँग सोधपुछका क्रममा प्रहरीले सुनितालाई ९५ हजार रुपैयाँ र हटियासहित नियन्त्रणमा लियो ।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट एउटा देशी कट्टा, केही थान गोली, लुटिएकोमध्ये १८ लाख २३ हजार २ सय रुपैयाँ, लुटपाटको रकमबाट खरिद गरिएको एउटा सुनको औँठी, मोटरसाइकल र केही थान मोबाइल बरामद गरेको मिश्रले जानकारी दिए ।

नबिल बैंकमा चोरी गरेको आरोपमा नेपाल प्रहरीले पनि एक भारतीयसहित चार जनालाई नियन्त्रणमा लिएको छ । चोरीमा संलग्न रहेको आशंकामा मङ्गलवार साँझसम्म पर्सा प्रहरीले नेपाल र भारतका विभिन्न स्थानबाट रौतहटको बुधरामका सञ्जय जयसवाल, छोटेलाल जयसवाल, भारत बिहारको घोडासनका मन्टु पासवान र नाम नखुलेको एक अर्को व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

पर्सा प्रहरीका अनुसार आइतबार राती ५ देखि ६ जनाको समूहमा आएका चोरहरूले बैंकको मूल गेटमा रहेको ताल्चा फुटाइ सय र बिस रुपैयाँको नोट गरी एक करोड ३४ लाख रुपैयाँ चोरी गरेका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा सिसिटिभी क्यामेरामा रेकर्ड भएको भिडियोमा चारदेखि पाँच जनाको सङ्ख्यामा रहेका चोरहरूको मूल गेटको ताल्चा फुटाएर बैंकभित्र प्रवेश गरी टिनको बाकसमा राखिएको रकम बोरामा हालेर लगेको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिए । रकम चोरेर बैंकबाट बाहिर निस्कने बेला चोरहरूले मूल गेटमा अर्कै नयाँ ताल्चा लगाएर हिँडेको पनि देखिएको डिएसपी थापाले बताए ।

आइतबार राती नबिल बैंकको बाइपास शाखाबाट एक करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM