Tuesday, May 21, 2024
घरक्राइम चेकसशस्त्रका १६ डीआईजी सरुवा, कोशीमा सुवेदी, मधेशमा धौबजी

सशस्त्रका १६ डीआईजी सरुवा, कोशीमा सुवेदी, मधेशमा धौबजी

काठमाडौं । सशस्त्र प्रहरी बलका १६ डीआईजीको सरुवा भएको छ । बुधबार गृहमन्त्रालयले उनीहरुको सरुवा गरेको हो । सरुवा भएका डीआईजीहरुमा किशोर प्रधान किशोर प्रधान सशस्त्रको ९ नम्बर पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौं, पुरुषोत्तम थापा सशस्त्र मुख्यालय कार्यविभाग, कालीदास धौबजी गण्डकीबाट मधेश प्रदेशमा सरुवा गरिएको छ । शम्भु सुवेदी कोशी प्रदेशमा सरुवा भएका छन् ।

अर्का डीआईजी किशोर प्रधानले पनि चौथो पटक इन्चार्ज पाएका छन् । प्रधान लुम्बिनी, बागमती, हेडक्वाटरमा दरबन्दी भए पनि अस्पताल प्रमुख र अहिले पशुपति बाहिनीसमेत उनको चौथो इन्चार्ज हो । अस्पतालमा करोडौंको खरिद हुने भएकाले उनलाई राखिएको थियो ।

धौबजी एकेडेमीबाट पोखरा, पोखराबाट मधेशमा सरुवा भएका हुन् । उनले डीआईजीमा तेस्रो पटक इन्चार्ज पाएका छन् । डीआईजीद्वय प्रधान र धौबजी इन्जीनीयर हुन् ।

सशस्त्रका आईजीपी राजु अर्यालले रवि लामिछाने गृहमन्त्री भएको एक साताभित्रै डीआईजी सरुवा सिफारिस गरेका थिए । तर डेढ महिनापछि मात्र गृहमन्त्री लामिछानेले डीआईजी सरुवा गरेका छन् ।

हेर्नुहोस् सूचि

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -