२०८२ फाल्गुन १ गते, शुक्रबार ०७:४७

रेल्वे माविमा साढुभाइको गज्जबको लीला: वि. व्यवस्थापन समिति खारेज गराउने षड्यन्त्र 

वीरगंज/पर्सा जिल्लाको मुटुमा रहेको वीरगंजको घण्टाघर स्थित श्री नेपाल रेल्बे मा.विका प्रधानाध्यापक प्रभु रौनियारले आफ्नो र आफ्नो साढुभाइ लेखापाल जगमोहन रौनियारको गल्ती लुकाउन विभिन्न प्रपञ्च रच्न थालेको जानकारी प्राप्त हुन आएको छ।

एक दशकभन्दा लामो समयदेखि सो विद्यालयमा व्यवस्थापन समिति नहुँदा कमाइ खाने भाँडो बनाएका लेखापाल जगमोहन रौनियारले आर्थिक लोभका कारण सोही विद्यालयमा कार्यालय सहयोगीको पदमा कार्यरत पर्सा जिल्ला श्रीपुर पचगावा बस्ने बृजजमोहन दास थारुको मिति करिब २०७७ सालमा उमेरहद पुगेर जागिर अवधी समाप्त भएको थियो ।

कसरी भयो नियुक्ती?

विद्यालयमा सो समय ब्यवस्थापन समिति न भएको फाइदा उठाउँदै तत्कालीन समयमा वडा अध्यक्ष मनोज गुप्ताको अध्यक्षतामा तथस्ठ समिति गठन गरी विद्यालयमा कार्यरत विद्यालय सहयोगी थारुको छोरी शान्ति कुमारीलाई मिति २०७८ सालमा सोही पदमा नियुक्ति गरियो जुन आफैँमा कानुनसम्मत मिल्दैन । यति मात्र हैन २०७८ साल देखि लेखापाल जगमोहन रौनियारले आर्थिक लोभ लालचका कारण छोरी शान्ति कुमारीको नाममा उनका बुवा बृज मोहन थारुले नै सम्पूर्ण काम गर्दै आएका थिए तर तलब र नियुक्ति पत्र भने छोरी शान्ति कुमारीको नाममा गरिएको थियो ।

कर्मचारी बोर्डमा कार्यालय सहयोगी शान्ति कुमारीको नाम हरियो धर्काले चिनाइएको छ ।

कसरी खुल्यो पोल?

मिति २०७९ सालमा विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समितिको चुनाव गरि बिजय रौनियारको अध्यक्षतामा समितिले पूर्णता पाएको थियो। विद्यालयमा कुनै समस्या न देखिएको कारण व्यवस्थापन समितिको ध्यान विद्यालय सहयोगी तिर गएन ।

तर विद्यालयमा नयाँ प्र.अ प्रभु रौनियारले कार्यभार सम्भाले लगत्तै विद्यालय ब्यवस्थापन समितिले सम्पूर्ण शिक्षक तथा कर्मचारीको नाम अंकित बोर्ड विद्यालयमा लगाउन भन्यो तर प्र.अ.ले लामो समय सम्म आल्टाल गर्दा करिब ५ महिना पहिला मात्र सो बोर्ड लगाए । बोडमा कर्यालय सहयोगीको ठाउँमा शान्ति कुमारी देखेपछि ब्यवस्थापन समितिले उनको नियुक्ति छ छैन बारे चासो देखाउँदै नियुक्ति पत्र देखाउन भन्यो तर लेखापालले बहाना बनाउँदै आल टाल गरे । उनले पुराना प्र.अ ले राखेको बताए । दिन बित्दै गयो पत्र भने देखाइएन।

विद्यालय सहयोगीको राजिनामा बारे बैठमा निर्णयको लागि काटिएको पत्र

रातारात कसरी भगाइयो बृजमोहन थारुलाई?

विद्यालय ब्यवस्थापन समितिले नियुक्ति प्रकृया देखाउन र बोर्डमा लेखिएको नाम कसको हो र किन छ ? भन्ने प्रश्न गर्दा लेखापाल जगमोहन रौनियारले एकाएक विद्यालय सहयोगी बृजमोहन चौधरीलाई गत फागुनमा रातारात दवाव बनाइ विद्यालयबाट भगाएर यता आफ्नै साढुभाइलाई बचाउन प्र.अ प्रभु रौनियारले भोली पल्ट नै चौधरीको छोरीलाई विद्यालयबाट राजिनामा न दिए तिम्रो बुवा जेल जाने डर धाक देखाउँदै राजिनामा दिन लगाए । र ब्यवस्थापन समिति समक्ष पेस गरे तर सो राजीनामालाई ब्यवस्थापन समितिले लिन अस्विकार गर्यो यहाँबाट विद्यालय ब्यवस्थापन समितिलाई ठेगान लगाउन प्र.अ प्रभु रौनियार र उनका साढुभाइ लेखापाल जगमोहन रौनियारले जालो बुन्न थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजय रौनियारले बताए।

के के बुनियो जालो ? 

– आफू बन्धक बनाइएको झुठो किन बोले प्र.अ प्रभुले?

-कसरी नगरप्रमुख राजेशमानको पाए साथ ?

-शिक्षा समितिका प्रमुख अरबिन्दलाल कर्णको दोहरो नीति ?

– कसरी लेखापाल जगमोहनले किर्ते गरि आफू भए स्थायी कर्मचारी र ४५ हजार मासिक तलब कसरी खाए?

– केहो पुस्तकालय बिवाद ?

यस बारे थप प्रामाण सहित अर्को नियमित रुपमा प्रकाशन गर्नेछौँ

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM