२०८२ फाल्गुन १ गते, शुक्रबार ०६:२९

उमेर ढल्के के खाने भन्ने पीर ?

– डा. अरुणा उप्रेती

उमेरको उत्तरार्धमा मानिसको शरीरमा खानाका साथै जीवनशैली पनि परिवर्तन गर्नु आवश्यक पर्दछ । उमेरसँगै हाम्रो जिब्रोको स्वाद र खानेकुराको इच्छामा पनि परिवर्तन हुन्छ । बढ्दो उमेरमा आहारबारे जानकारी राखेर व्यवहारमा प्रयोग गर्दा जीवनको उत्तरार्धमा स्वस्थ भएर बाँच्ने सम्भावाना बढ्छ ।

एकै पटक धेरै खाने वा मीठो लाग्यो भन्दैमा कोचेर खानु हुँदैन । बढ्दो उमेरमा युवा अवस्थामा जस्तो पचाउने शक्ति हुँदैन र शारीरिक क्रियाकलापमा पनि कमी हुन्छ । धेरै खाँदा शरीर मोटो हुन जान्छ । त्यसैले अलि–अलि गरेर ४–५ पटक खान सकिन्छ । वास्तवमा ज्येष्ठ नागरिकको उमेर समूहमा प्रवेश गर्नुअघि नै भोजन र जीवनशैली स्वस्थ बनाए उचित हुन्छ ।

राती सुत्नुभन्दा २-३ घन्टाअघि नै खाना खानु स्वास्थ्यको लागि राम्रो मानिएको छ । साथै रातीको खाना हल्का र पचाउन सकिने हुनुपर्छ । यसै पनि हाम्रो चलन अनुसार राति कम खानु भन्ने छ । यसलाई अहिले वैज्ञानिक अनुसन्धानले थप पुष्टि गरेको मात्र हो ।

स्वास्थ्य राम्रो बनाउनका लागि उमेरसँगै खानामा पनि परिवर्तन गर्दै जानुपर्छ । तर यस्तो परिवर्तन बिस्तारै गर्दा राम्रो हुन्छ । यसको अर्थ पहिले भात बढी खाने गरिएको छ भने भात वा रोटी कम गरेर दाल, तरकारीको मात्रा बिस्तारै बढाउँदै लैजानुपर्छ । कतिपय ज्येष्ठ नागरिकहरुले मासु खान कम गर्न थाल्छन् । यो पनि स्वस्थकर बानी हो ।

धेरै चिनी वा धेरै नुन भएको खाना, कफी, चिया वा मदिराजस्ता पेयपदार्थ, बोतलमा बन्द जुस वा पेयपदार्थ वा अत्यधिक प्रशोधित खाना युवा अवस्थादेखि नै नखानु बेस । झन् ज्येष्ठ नागरिकले त त्यागेको नै बेस हुन्छ । किनभने यस्ता खानाको प्रयोगले कलेजोमा पनि समस्या ल्याउँछ । पत्रु खाद्य पदार्थ धेरै गुलियो, धेरै नुनिलो र धेरै चिल्लोयुक्त हुन्छ । यसरले शरीरको मोटोपन पनि बढाउँछ र अनेक किसिमका रोगहरु उत्पन्न गर्छ । त्यसकारण यस्ता खाद्यवस्तु सकेसम्म उपभोग नगर्न सल्लाह दिइन्छ ।

नुन बढी भएको खानाले उच्च रक्तचापको बिरामीलाई समस्या पार्न सक्छ । नुन, चिनी बढी भएको खानाले सम्पूर्ण शरीरलाई मात्र होइन, मस्तिष्कलाई पनि सुस्त बनाइदिन्छ । बिर्सने रोग लाग्ने सम्भावना पनि बढाउँछ ।

तर गुलियो खानै हुँदैन भन्नेचाहिँ होइन । अलिकति मह, सखरजस्ता खानाले शरीरलाई शक्ति प्रदान गर्छ । तर यदि मधुमेहको समस्या छ भनेचाहिँ प्रयोग नगर्दा नै राम्रो हुन्छ । अन्य प्रकारका प्रशोधित गुलिया पदार्थले पनि शरीरका अंगहरुलाई शिथिल बनाइदिने भएकाले यस्ता वस्तुको उपभोगमा सतर्क हुनुपर्छ ।

प्रोटिन हाम्रो भोजनको एक प्रमुख तत्व हो । मानव शरीरमा शरीरको जति तौल हुन्छ त्यति बराबरको ग्राम प्रोटिन चाहिन्छ भनिन्छ । जस्तो-६० केजी तौल भएकोलाई एक दिनमा ६० ग्राम प्रोटिन चाहिन्छ । तर धेरै प्रोटिन भएको खानाले पनि हड्डीलाई कमजोर बनाउनुका साथै हाम्रो पाचन प्रणाली, श्वासप्रश्वास र रक्तसञ्चालनमा समेत असर पर्छ ।

केही पोषणविद्ले भने एक किलो तौल बराबर ०.८ ग्राम प्रोटिन खान सल्लाह दिन्छन् । जस्तो– ६० किलोको मानिसलाई ४८ ग्राम मात्र प्रोटिन चाहिन्छ । कसैलाई मासु खान मन लाग्छ भने थोरै मात्रामा सजिलै पचाउन सक्ने गरी पकाएर खान उचित हुन्छ । जस्तै-उसिनेर, सुप बनाएर । उमेर पुगेपछि धेरै मसला हालेर लदबद गरी बनाएको मासु प्रयोग गर्दा पचाउन गाह्रो हुन्छ ।

स्वास्थ्यको लागि तरकारी र वनस्पति प्रयोग गर्दा शरीरमा सूक्ष्म पोषक तत्व आदि सजिलै जान्छ । जस्तै– जौ वा गहुँको टुसा उमारेर खाँदा धेरै पोषक तत्व प्राप्त हुन्छ र सजिलै पच्छ पनि । तर जतिसुकै स्वस्थ खाना खाए पनि यदि बाहिरका प्याकेटका खाना, प्रशोधित चिनीको अत्यधिक प्रयोग गरियो भने स्वास्थ्य राम्रो हुँदैन ।

हाम्रो खानाका मुख्य स्रोत अन्न, गेडागुडी, हरियो तरकारी र फलफूल हुन् । यस्तो खानाले पाचन प्रणालीलाई स्वस्थ राख्छ । साथै मुटुमा बोसो पनि जम्न दिँदैन । यसमा रेसादार पदार्थ धेरै भएकोले कब्जियत हुन दिँदैन । अन्न, गेडागुडी, वा दालको टुसा उमारेर खाँदा पचाउन सजिलो हुन्छ । प्रायः टुसा काँचै पनि खान सकिन्छ वा थोरै उसिनेमा पनि यसको पौष्टिक तत्व कायम रहन्छ ।

उमेर पुगेपछि स्वस्थ रहन कोदो, जौ, तोफु, कालो भटमास, मुग दाल, गहुँको टुसा, आलु, कालो तिल, आलस आदिको प्रयोग उपयुक्त हुन्छ । किनभने यसमा पाइने सूक्ष्म तत्वहरुले शरीरलाई लाभ पु¥याउँछन् । विज्ञापनको भरमा परी बजारका प्रोटिनयुक्त भनिएका औषधि वा खाना खान जरुरी छैन ।

‘म पहिले–पहिले एक माना चामलको भात एकछाकमै खान्थेँ । अहिले त दुई मुठी खाएपछि पेट टम्म भरिन्छ । खाने इच्छा नै लाग्दैन, के भएको होला ? पहिले ढुंगा, माटो खाए पनि पचाउँथें, अहिले त एक डाडु खाए पनि पेट ढुस्स हुन्छ । कतै कचरमचर खाएँ भने पखाला चल्छ । के भएको होला मेरोे ज्यानलाई ?’ ६० वर्ष कटेपछिका कतिपय मानिसले यस्तो भनेको सुनिन्छ । तर उनीहरुलाई थाहा हुँदैन कि शरीरमा बाहिरीसँगै भित्री अंगमा पनि परिवर्तन हुन्छ ।

अनि पेटको पाचन रस पनि कम निस्किन्छ । पहिले सजिलै पचाउने कुरा उमेर बढ्दै जाँदा पचाउन गाह्रो हुन्छ । त्यसैले उमेरसँगै खानपिन परिवर्तन गर्नै पर्छ । जसलाई धेरै बलको काम गर्नुपर्दैन, उनीहरुको त खाना पनि उमेरसँगै कम गर्दै जानुपर्छ । यदि मधुमेह, उच्च रक्तचाप, मुटुको समस्या छ भने त स्वास्थ्यकर्मीसँग सल्लाह लिएर नै भोजनको व्यवस्थापन गर्नुपर्छ ।

यदि ६० वर्षको उमेरसम्म पनि मधुमेह, उच्च रक्तचाप आदिजस्ता कुनै नसर्ने रोग छैन भने ज्येष्ठ नागरिकले त बडो भाग्यमानी ठान्नुपर्छ । तर त्यसपछि पनि स्वस्थ भएर बाँच्न सकिने गरीे आफ्नो भोजन र जीवनशैली स्वस्थ बनाउने काममा झन् बढी ध्यान दिनुपर्छ ।

(डा. उप्रेतीको फेसबुक वालबाट साभार)

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM