२०८३ बैशाख २७ गते, आईतवार १६:११

वीरगंजस्थित नीलकण्ठ अस्पतालमा चिकित्सकको लापरवाहीले महिलाको मृत्यु!

जलेशवर सर्राफ /

वीरगंज। वीरगंजको अदालत रोडमा रहेको नीलकण्ठ अस्पताल मा चिकित्सकको लापरबाहीले उपचारका क्रममा एक महिलाको मृत्यु भएको छ. महिला को मृत्युले घटना पश्चात अस्पताल प्रशासनमाथि चिकित्सकीय लापरवाहीको गम्भीर आरोप लागेको छ। मृतक महिला वीरगंज महानगरपालिका वडा न:–३१ चोर्नी निवासी ४७ वर्षीया प्रमिला देवी साह रहेको मृतक परिवार जनले जनाएको छ।

उनको परिवारक श्रोतका अनुसार शुक्रबार विहान करिब ४:४५ बजे पेट दुख्ने सामान्य समस्यापछि प्रमिला देवीलाई उपचारका लागि वीरगंज स्थित रहेको निलकण्ठ अस्पताल लगिएको थियो। उक्त महिला अस्पताल पुग्दासम्म उनी सामान्य अवस्थामा रहेको र उनि आफैं हिँडेर अस्पताल प्रवेश गरेको परिवार जनले दाबी गरेका छन।

महिला अस्पताल पुग्दाको समयमा अस्पतालमा सिनियर चिकित्सकहरु अनुपस्थित रहेको तथा त्यहाँका मेडिकल अफिसरले सामान्य जाँचपछि औषधि लेखेका समेत परिवार जनले बताएका थिए। औषधि लेखिए पश्चात अस्पतालमा उपस्थित रहेकी एकजना नर्सले इन्जेक्सन लगाएकि थिईन,’ इन्जेक्सन लगाएको केहिछिन मै बिरामीको अवस्था एकाएक बिग्रिएको थियो , बिरामी महिलाले केहिवेर बान्ता समेत गरेकि तथा बान्ता गरेको केही समयमै उनको मृत्यु भएको पिडित परिवारजनले बताएका छन्।

मृतक परिवारले ति नर्सले केनुला लगाउदा समेत सही तरिकाले लगाउन नसकेको र उक्त घटनाको सम्पूर्ण विवरणहरु अस्पतालको सी.सी.टीभी फुटेजमा देखिएको दाबी गरेका छन। महिलाको मृत्युको घटना वाहिरिए पछि आक्रोशित परिवार जनले अस्पताल परिसरमा विरोध प्रदर्शन समेत गरेका थिए। स्थिति पहुच भन्दा अनियन्त्रण भएकोले त्यहाँ वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरीको टोली अस्पताल परीसरमा पुगेर नियन्त्रण गरेको थियो।

परिवार स्रोतका अनुसार अस्पताल प्रशासनले उपचारमा लापरवाही भएकै हो, भने स्वीकार समेत गरिसकेको मृतक महिलाको परिवार जनले दाबी गरेका छन। यद्दपी , घटनाको निष्पक्ष छानबिन, पोस्टमार्टम तथा चिकित्सकीय परीक्षण समेत नगरी पर्सा प्रहरीको मिलेमतोमा ४ लाख रुपैयाँ क्षतिपूर्ति दिनेगरी उक्त मुद्दालाई ढाकछोप गर्दै मिलापत्र गराईएको खबर प्राप्त भएको छ।

स्थानीयवासी तथा अधिकारकर्मीहरूले घटनाको स्वतन्त्र छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्नुपर्ने माग गरेका छन्। उक्त घटनाले निजी अस्पतालहरूको सेवा,प्रवाह तथा चिकित्सकीय उत्तरदायित्व र दिनानुदिन स्वास्थ्य क्षेत्रमा बढ्दै गईरहेको गैरजिम्मेवारी अव्यवस्थामाथि गम्भीर प्रश्न चिन्ह समेत ऊठेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM