२०८३ बैशाख २५ गते, शुक्रबार २०:४०

सशस्त्र प्रहरीका ७ एसएसपी र ६ डीआईजी बढुवा

काठमाडौं । सशस्त्र प्रहरी बलका ७ एसपी एसएसपीमा बढुवा भएका छन् । शुक्रबार गृह मन्त्रालयले ७ जना एसपीलाई एसएसपी पदमा बढुवा गरेको हो ।

गएको वैशाख ११ गते बसेको बढुवा समितिको बैठकले रिक्त ७ एसएसपी पदमा बढुवा सिफारिस गरेको थियो । त्यही सिफारिसका आधारमा गृह मन्त्रालयले बढुवा निर्णय कार्यान्वयन गरेको जनाएको छ ।

एसएसपीमा बढुवा हुने एसपीहरुमा दीपककुमार थापा, सुधीर सुवेदी, महेश केसी, प्रकाशकुमार सुबेदी, चित्रांगत दाहाल, सुभाष भण्डारी तथा प्रदीपसिंह कार्की रहेका छन् ।

त्यस्तै गृह मन्त्रालयले सशस्त्र प्रहरीका ६ जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई नायव महानिरीक्षक (डीआईजी) पदमा समेत बढुवा गरेको छ । बढुवा समितिको सोही बैठकको सिफारिसअनुसार उनीहरू डीआईजीमा बढुवा सिफारिस भएका थिए ।

बढुवा भएका अधिकृतहरूलाई सोमबार सशस्त्र प्रहरी बल मुख्यालयमा आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरिने बताइएको छ । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले उनीहरूलाई फुली लगाइदिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM