२०८२ माघ २४ गते, शनिबार ०१:४८

जानकीटोलाबाट राँगा भैंसीको तस्करी, एसपी बेखबर 

वीरगंज/ पर्साको मुख्य भंसार नाका वीरगंजको मुख्य गेटबाट भारतीय बजार रक्सौल गएर आउने सर्वसाधारण नागरिकलाई कड़ाईका साथ खानतालासी गरेर तस्करी नियन्त्रणमा कड़ाई गरेको भ्रम फैलाउने पर्सा जिल्ला स्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीकै मिलेमतोमा तस्करी कार्य जारी रहेको एक पछि अर्को घटनाले पुष्टि हुँदै आएको छ।

सीमा क्षेत्रमा दिउँसो कड़ाई गर्ने र रात्री १२ बजे पछि विहान तीन बजेसम्मको समयमा तस्करहरूलाई राजस्व चुहावट गर्न सीमा क्षेत्रमा रहेका नेपाल र सशस्त्र प्रहरी बलका पोस्ट एवं ड्यूटीबाल प्रहरीलाई प्रभावमा पारेर तस्करहरूले दैनिक करोडौँ रुपैयाँ बराबरको राजस्व चुहावट गर्दै आएको सशस्त्र र नेपाल प्रहरीले वीरगंजका भित्री बजारबाट छापामारी गरेर दुई दिनमै करोडौँ मूल्य बराबरको सामान नियंत्रणमा लिएको घटनाले पनि पुष्टि गर्दछ।

त्यति मात्र नभई प्रहरीकै मिलेमतोमा खाद्यान्न र प्याजको समेत अवैध लाइन दिएको खुलेपछि आइतवार मात्र वीरगंज बसपार्कस्थित प्रहरी चौकीका सम्पूर्ण टीमलाई जिल्ला तानिएको घटनाले पनि तस्करी भैरहेको पुष्टि गर्दछ।

यसैबीच पर्साको जानकी टोला क्षेत्रबाट रांगा भैँसीको अवैध तस्करी अनियन्त्रित रुपमा फस्टाएको खबर प्राप्त हुन आएको छ।

दैनिक रुपमा सैयौँको संख्यामा अस्वस्थकर रांगा भैँसी भारतको चोरबाटो हुँदै जगरनाथपुर ल्याएर नेपाली रांगा भैँसी भनि सप्लाई गर्ने गरिएको बताइन्छ.

प्राप्त खबर अनुसार यस अघि जगरनाथपुर गाउँपालिकामा साताको दुई दिन सोमबार र शुक्रबार लाग्ने पाडा बजार अब दैनिक रुपमै लाग्ने गरेको बुझिन आएको हो ।

पर्सा जिल्लामा प्रहरी प्रमुख भएर एसपी कुमोध ढुंगेलको आगमन पश्चात जगरनाथपुरमा बजार बन्द गरिएको भनिए पनि भारतबाट अवैध रुपले भित्र्याइने पाडाहरु बजार कै छेउमा कम्पाउण्ड भित्र अघोषित रुपले दैनिक नै बजार लाग्ने गरेको पाइएको छ ।

केही संचारकर्मीहरुको समुह बिहिवार जगरनाथपुर स्थित पाडा बजारमा जाँदा सुनसान देखिए पछि बजार छेउमै रहेको एक झोपडीमा केहि मानिसहरुको चहल पहल देखे पछि संचारकर्मीहरुले एक जना संग बजार किन नलागेको जिज्ञासा राख्दा ती व्यक्तिले नयाँ एसपीले लाइन नदिएकोले “बजारको पुर्व तर्फ रहेको करिब डेढ सय पाडा अटाउने सेड सहितको कम्पाउण्ड” तर्फ देखाउँदै भने त्यसमा अब दैनिक रुपमै बजार लाग्ने गरेको बताए ।

ती व्यक्तिले अधिकांश पाडा भारतबाट महादेव यादवले ल्याउने गरेकाले विगतमा जिल्लासम्म लाइन मिलाएर ल्याउँदा बजारमा खुल्लेयाम वडा समितिबाट स्थानीय पाडा भएको भनी सिफारिस लिएर बिक्रि वितरण तथा यहाँबाट काठमाण्डौं सम्म पुर्‍याउने गरिन्थ्यो।

तर नयाँ एसपी आए पछि स्थानीय स्तरमा थाना चौकीलाई मिलाएर ल्याउँदा बजारमा खुल्ला रुपले बिक्री वितरण गर्न उनीहरु कै सुझावमा बन्द गरी गोठ जस्तो बनाइएको सो कम्पाउण्ड भित्र दैनिक रुपमा ९०–१०० पाडा मात्र ल्याएर चिनेको व्यापारीलाई मात्र प्रवेश गराइ विक्रि वितरण गर्ने गरेको बजार व्यवस्थापनमा खटिएका एक जनाले बताए ।

ती व्यक्तिसँग नाम सोध्दा निजले किन चाहियो तिमीहरु को हो भनेर आक्रमक शैलीमा धम्काउने प्रयास गरेका थिए ।

संचारकर्मीहरुको सोधिखोजी हेरे पछि एकै छिनमा त्यहा रहेका खलिफा जस्तो देखिने ४–५ जना आएर किन बजार र पाडा ल्याउने श्रोत सोधेको भनी प्रतिप्रश्नका साथै उग्र हुन थाले पछि संचारकर्मीहरु त्यहाँबाट गाउँपालिकामा गएर बुझ्ने भनेर फर्किएका थिए ।

दैनिक रुपमा यसरी अस्वस्थकर रांगा भैँसी भित्रिरहँदा पनि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख र सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, हेक्वा पर्साका प्रमुख किशन कर्माचार्य बेखबर छन् की बेखबर बनेको नाटक गर्दैछन्? चासोको विषय बनेको छ।

 

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM