Thursday, May 2, 2024
घरप्रदेशयातायात कार्यालय वीरगंजमा अख्तियारको छापा, भान्छे शम्भु गुरुङको कोठाबाट लाइसेन्स बरामद

यातायात कार्यालय वीरगंजमा अख्तियारको छापा, भान्छे शम्भु गुरुङको कोठाबाट लाइसेन्स बरामद

वीरगंज/वीरगंज स्थित यातायात ब्यवस्था कार्यालयको लाइसेन्स शाखामा अख्तियारले छापा मारेर भान्छे शम्भु गुरूड्ढो कोठाबाट वितरण गर्न लुकाएर राखिएको नयाँ लाइसेन्स (सवारीसाधन चालक अनुमतिपत्र) बरामद गरेको छ ।

भान्छेको रूपमा नियुक्ति पाएका शम्भु गुरूड्ढो मुख्य काम भनेको बिचौलियाहरूमार्फत रकम असुल गरेर फेल भएका परिक्षार्थीहरूलाइ पास गराउने रहदै आएको थियो । लाइसेन्स शाखाका प्रमुखदेखि कर्मचारीहरूलाई गुरूङले सेटिङ मिलाएर काम गर्दै आएका थिए ।

न्यून तहको कर्मचारीमाथी कोहि–कसैको ध्यान पनि जाने गरेको थिएन। कतिपय गैरकानुनी कामहरू प्रमुखलाई समेत अध्यारोमा राखेर कर्मचारी मार्पmत गराउने गरेका थिए । यातायात कार्यालयको लाइसेन्स फाँटमा हुने गरेको भ्रष्टाचारको अख्तियारमा उजुरी पथ्र्याे । अख्तियारले छापा पनि माथ्र्याे तर केहिपनि प्रमाण फेला पर्दैन थियो तर यस पटक भने अख्तियारले सुझबुझ पुर्याएर काम गर्दै शुम्भु गुरूड्ढो कोठामै छापा मार्यो र सबुत प्रमाण पनि फेला पार्यो । भान्छेको कोठाबाट वितरणको लागी पोको पारेर राखेको लाइसेन्सको पोकोको साथै अन्य कागजात समेत फेला पारेको छ ।

बरामद भएको लाइसेन्स र कागजात अख्तियारको टोलीले अनुसन्धानको लागी हेटौंडा लिएर गएको छ भने यातायात कार्यालयको कर्मचारीहरू बिच भने खैलाबैला मचिएको छ। हेटौंडाबाट आएको अख्तियारको टोलीले केकस्तो कार्वाही गर्याे भनी अख्तियारको कार्यालयमा बुझ्दा छानबिन प्रकृयामा रहेको बताइएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -