२०८३ बैशाख ३१ गते, बिहीबार ०५:१६

धोबिनी गाउँपालिकामा प्रशासकीय अधिकृत र जनप्रतिनिधिबीच कुटाकुट

वीरगंज/ पर्साको धोबिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र जन प्रतिनिधिबीच कुटाकुट भएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद साह र गाउँपालिका सदस्य दिनेश प्रसादबीच कुटाकुट भएहुँदा दिनेश प्रसादलाई चोटपटक लाग्नुको साथै लुगासमेत च्यातिएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।

प्राप्त खबर अनुसार प्रमुख प्रशासकीय अधिकृत साह कुनै खबर नै नगरी महिनौँसम्म कार्यालयमा उपस्थित नहुने, बाहिर बाहिर बसेर कार्यालय संचालन गर्ने, भुक्तानी दिनु पर्ने योजनामा भुक्तानी नदिने, वडाध्यक्ष र जन प्रतिनिधि को हो म चिन्दिन भन्ने, समयमा भुक्तानी नगर्दा विकास निर्माणका काममा ढिलाई हुने, कमिशन आउने योजनाको भुक्तानी गर्ने अन्यलाई आलटाल गर्न थालेको विषयमा कुरा गर्न जाँदा प्रमुख प्रशासकीय अधिकृत साह गाली बेइज्जतीमा उत्रेपछि विवाद उग्र भइ कुटाकुटमा परिणत भएको थियो।

सो क्रममा गाउँपालिका सदस्य दिनेश प्रसादलाई चोटपटक साथै लुगा समेत च्यातिएको स्थानीयले बताए।

घटनास्थलमा इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी मोहन बिक्रम केसीको नेतृत्वमा प्रहरी टोली पुगेपछि कार्यकारी अधिकृत साहले आफूमाथि पनि कुटपिट भएको भन्दै वीरगंजतिर हिंडेका थिए भने पालिका सदस्य दिनेशलाई अवश्यक सोधपुछकालागि इलाका प्रहरी कार्यालयमा लगिएको प्रत्यक्षदर्शीहरुले बताए।

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM