२०८३ बैशाख ३१ गते, बिहीबार ०६:१७

चोरीको मोटरसाइकल र स्कुटीसहित दुई जना पक्राउ

वीरगंज/प्रहरीले चोरीको मोटरसाइकल र स्कुटीसहित दुई जना चोरलाई रङ्गेहात पक्राउ गरेको छ ।

वीरगंज-४ बिर्ताका २६ वर्षीय विजय गोसाई र वडा नम्बर २६ अठराहा सुगौलीका २५ वर्षीय सरफराज अंसारीलाई वडा प्रहरी कार्यालय विर्ताको प्रहरी टोलीले सोमबार बेलुकी चोरीको मोटरसाइकल र स्कुटीसहित पक्राउ गरेको हो ।

प्राप्त खबर अनुसार, गत शुक्रबार वीरगंज-१० आदर्शनगरस्थित पूजन होटल अगाडि पार्किङ गरि राखिएको बीआर ०५ ए एम ०७९२ नम्बरको मोटरसाइलक चोरी भएको थियो । होटलकै रिसेप्सनमा कार्यरत कर्मचारीको उक्त मोटरसाइकल चोरी भएपछि खोजतलास गर्ने क्रममा प्रहरीले उक्त मोटरसाइलक चलाउँदै गरेको अवस्थामा गोसाईलाई सोमबार बेलुकी प्रहरीले नियन्त्रणमा लिएका थिए ।

पक्राउ परेका गोसाईले उक्त मोटरसाइकल अंसारीले दिएको बयान दिएपछि सोमबार बेलुकी नै प्रहरीले अंसारीलाई नियन्त्रणमा लिएको बताइएको छ। अन्सारीको साथबाटपनि चोरीकै ना १६ प २५२६ नम्बरको स्कुटी बरामद भएको बताइएको छ ।

दुवैलाई चोरीको मोटरसाइकल र स्कुटीसहित नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM