Friday, May 3, 2024
घरक्राइम चेकपर्साको शान्ति सुरक्षामा गम्भीर चुनौती, प्रहरीको नाकैमुनि डकैती, करोडौँको लुटपाट

पर्साको शान्ति सुरक्षामा गम्भीर चुनौती, प्रहरीको नाकैमुनि डकैती, करोडौँको लुटपाट

वीरगंज/ पर्साको शान्ति सुरक्षामा चुनौती दिँदै अति नै संवेदनशील क्षेत्र आदर्श नगरमैं डकैती भएको छ।जिल्ला प्रहरी कार्यालय पर्साको कमाण्ड सम्हालेका प्रहरी उपरीक्षक कुमोध ढुँगेलको कार्यक्षमतामाथि समेत प्रश्न चिन्ह खड़ा गर्दै लुटेरा समूहले एक घरमा डकैती गरेको खबर प्राप्त हुन आएको छ।

प्राप्त खबर अनुसार वीरगंज महानगरपालिका वडा नं. १० आदर्शनगर नगरसभागृह नजिकै रहेको संजय टिवडेवाल (पेडा)को घरमा बुधवार गएराती १ बजे डकैती भएको हो ।

टिवडेवाल धार्मिक भ्रमणमा भारत गएको र घरमा एक वृद्धा सहित दुई महिला मात्र रहेको अवस्थामा बिहिवार बिहान (राती) १ बजे आएको हतियारधारी समुहले लुटपाट गरेको स्थानीयले जनाएका छन ।

लुटपाट गर्ने समुहले टिवडेवालको घरमा तल बस्ने वृद्ध महिलालाई बन्धक बनाएर माथि (बीच)को फ्ल्याटमा बस्ने टिवडेलाकी श्रीमतीलाई औषधी (स्प्रे) प्रयोग गरेर बेहोस बनाएर लुटपाट गरेको पीडितलाई उद्धृत गर्दै एक स्थानीय छिमेकीले बताएका छन ।स्थानीयका अनुसार लुटेरा समुहले टिवडेवालको घरबाट गरगहना र नगद गरी अन्दाजी एक करोड भन्दा बढिको धनमाल लुटपाट गरेका छन्सो।

क्षेत्रमा राती ११ बजे पछि ट्रान्सपोर्टहरुको मालबाहक सवारी साधनहरु ओहोर-दोहोर तथा लोडिङ/अनलोडिङ हुने गरेको र लुटपाट भएको टिवडेवालको घर अगाडि गाडि मर्मत गर्ने एक कारखाना रहेकोले राती लुटेराहरुले घरमा लुटपाट गर्दा पनि छरछिमेकले चाल नपाएको स्थानीयहरु बताउँछन्।

घटना बारे खबर गरेपछि विहिवार विहान पुगेका प्रहरीले घटना स्थलको मुचुलका गरी गएको स्थानीयहरुले जनाएका छन ।आदर्शनगर रंगशाला छेउमै, रामजानकी मन्दिर अशोक बाटिका परिसर, १ किलोमीटरको दूरीमा वडा प्रहरी कार्यालय बिर्ता, प्रहरी चौकी रहेको छ भने सो क्षेत्रमा प्रहरीको कडा निगरानी रहने गरेको बताइन्छ ।

यस सम्बन्धमा वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रनि पुष्कर बोगटी सँग बुझ्दा उनले टिवडेवालको घरमा चोरी भएको बताउनु भयो ।

प्रनि बोगटीले घरमा लोग्ने मानिस नभएकोले के कति चोरी भएको यकिन भन्न नसकिने बताउनु भयो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -