Thursday, May 2, 2024
घरक्राइम चेकप्रहरी सेवा लिन कसैले बिचौलिया लिएर आउनु पर्दैन, आचरण विपरित कार्य गर्ने...

प्रहरी सेवा लिन कसैले बिचौलिया लिएर आउनु पर्दैन, आचरण विपरित कार्य गर्ने प्रहरीलाई कारवाही हुनेछ: एस. पी. ढुँगेल (भिडियोसहित)

वीरगंज/ जिल्ला प्रहरी कार्यालय पर्सामा सेवा लिन आउने सर्वसाधारणले बिचौलिया लिएर आउन नपर्ने प्रहरी उपरीक्षक कुमोध ढुँगेलले बताउनु भएको छ छ।

जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी प्रमुखको कार्यभार सम्हालेर आएको एक महिना पुग्नै लाग्दा बुधबार पर्सेली पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रममा प्रहरी उपरीक्षक ढुँगेलले सो कुरा बताउनु भएको हो।एसपी ढुँगेलले आफ्नो कार्यकालमा पर्सा जिल्ला भित्र रहेका कुनै पनि प्रहरीले व्यवसायिक आचरण गरेको पाइएमा कड़ा कारवाही गरिने बताउनु हुँदै संविधानले निर्दिष्ट गरेको कुनै पनि सेवा लिन प्रहरी कार्यालयमा सर्व साधारणले बिचौलिया लिएर आउन नपर्ने बताउनु भएको छ।

संविधान र कानूनले बर्जित गरेको र अपराध मानेको क्रियाकलाप गर्नेहरूलाई कानूनको दायरामा ल्याउने काम प्रति पर्सा प्रहरी प्रतिबद्ध रहेको बताउनु हुँदै एसपी ढुँगेलले कुनै पनि अपराधी राजनीतिक पहुँच र अन्य प्रभावमा उम्किन नपाउने समेत विश्वास दिलाउनु भयो।

भारतसँग सीमा जोड़िएका पर्साका नाकाबाट हुने चोरी, तस्करी, लागु औषध ओसार पसारलगायत विभिन्न खाले आपराधिक गतिविधिबारे सूचना लिन सिभिल प्रहरी परिचालन गरिएको बताउनु हुँदै एसपी ढुँगेलले आफ्नो कार्यकालमा पर्सावासीलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन तत्पर रहने बताउनु भयो।

सो अवसरमा जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापालगायतको सहभागिता रहेको थियो।

हेर्नुहोस् भिड़ियो

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -