-जनक मान डंगोल
छिमेकी देश भारतमा यतिखेर भारतीय जनता पार्टीको गठबन्धन सर्खार सत्तामा छ । भारतीय जनता पार्टीले हिन्दुवादी बिचारधारामा बिस्वास राख्दछ ।
भारतीय रास्ट्रिय कांग्रेस कुनै बेला देशको एकमात्र सक्तिसाली राजनैतिक पार्टी थियो । बंशबाद र परिवादले गर्दा अहिलेको समयमा आईपुग्दा आफ्नो पार्टीलाई बर्श्वस्व जोगाउन हम्मेहम्मे परिरहेको छ । सोहि कारणले गर्दा कांग्रेस पार्टी अहिले भुरे टाकुरे देखि क्षेत्रीय दलहरु संग गठबन्धन गर्दै हिडीरहेको छ । यी तिनै क्षेत्रीय दलका नेताहरु कुनै समय कांग्रेस पार्टीको कार्यकर्ता थिए ।
कम्युनिस्टले धर्म मान्दैन । आफु बाहेक अरुलाई शोषक र सामन्ती भन्न रुचाउने कम्युनिस्ट पार्टीहरुले कुनै समय पस्चिम बंगालमा तिन दशक भन्दा बढी शासन गरेका थिए । कम्युनिस्टको निरंकुस शासनबाट आजित भएका जनताले सत्ताबाट बाहिर मात्र गरेनन । अहिले तिनका पार्टीका नेताहरु औलामा गन्न सकिने भएका छन ।
केहि समय पछी भारतमा लोक सभाको निर्वाचन हुदैछ । भारतीय जनता पार्टीको लोकप्रियता बाट अत्तालिएर अहिले INDIA नामको गठबन्धन बनाएर कांग्रेस पार्टीको नेता राहुल गान्धीको कमान्डमा ‘भाजपा हराओ’ नारा दिएर सभा र्याली गर्दै हिंडेका छन । यो गठबन्धनमा कांग्रेस, कम्युनिस्ट देखि क्षेत्रीय पार्टीहरु सम्म कम्बर कसेर लागेका छन । तिनीहरुको एकमात्र उद्धेश्य भनेको भारतमा हिन्दु राज्य कायम नहोस भन्ने हो ।
१०४ वर्ष राणा शासनको अन्त्य गरेर देशमा प्रजातन्त्र हामीले ल्याएको भन्ने नेपाली कांग्रेसले राजा सहितको प्रजातन्त्रको नारा दिएर सत्ता चलायेता पनि देशी बिदेसीको ईसारामा चल्नासाथ देशको अस्तित्वनै धरापमा परेपछि स्व.राजा महेन्द्रले २०१७ साल पौषमा दलहरु माथि प्रतिबन्ध लगाउन बाध्य हुनु परेको थियो । यदि त्यो समय दलहरु माथि प्रतिबन्ध नलागेको भए आज हामीहरुले नेपाली भन्न पाउदैन थियौ । छिमेकी भारतले सिक्किम र चीनले तिब्बत निलेको ईतिहास पनि ताजै छ । दलका नेताहरुले यी सबै कुरा बुझेका छन तर आफ्नो स्वार्थको लागी ईतिहास बुझ्न चहादैनन ।
कम्युनिस्टहरु सनातनी धर्मका बिरोधि हुन । आफु सत्तामा पुग्न जे गर्न पनि पछी हट्दैनन । २०४६ साल पछी नेपालमा अंग्रेजको सुत्र ‘फुटाउ र राज गर’ अपनाएका छन । बिदेसिको ईसारामा कहिले कांग्रेस कहिले एमाले पार्टी फुटाएको पनि देखिएकै हो ।
ठ्याक्कै भारतीय कांग्रेसको स्थितिमा पुगेको नेपाली कांग्रेसले आफ्नो पार्टीको अस्तित्व बचाउन बहुमत नपुगेको कम्युनिस्ट पार्टीको माओबादी अध्यक्षलाई सत्ताको चाबी बुझाउन बाध्य भयो । कांग्रेसको संस्थापक नेता स्व. बि.पी कोईरालाले आफु बाचुन्जेल कहिले पनि पनि कम्युनिस्टको संगत गरेनन । आफ्ना अनुयायीहरु लाई पनि गर्न दिएनन । सत्ता र भत्ताको लोभले कम्युनिस्ट संग लगन गाँठो कसेर २०४५ सालको आन्दोलन अनि २०४६ सालको सत्ता परिवर्तनले कांग्रेस पार्टीलाई केहि समयको लागी सत्ता मा त पुर्यायो तर सत्ताको मोह र जनताको चाहना नबुझ्दा अहिले यतिखेर काँग्रेस मर्नु न बाच्नुको दोधारमा पुगेको छ ।
नेपालमा २०४६ साल पछी बिदेसिको दानमा चलेको INGO र NGO को खेति राम्रै संग फस्टाएको छ । बिदेसिले सहयोग सित्तैमा गर्दैनन । सहयोगको नाउँमा खोलिएको INGO र NGO को काम भनेको गरिब जनतालाई आफ्नो पिता पुर्खाले मानेको धर्म र संस्कृति मासेर ईसाई धर्म र संस्कृतिमा लगाउनु हो । अहिले गाउँ गाउ टोल टोलमा च्याउसरि खोलिएको ईसाई धर्मालम्बी मान्ने चर्चहरु साक्षी र प्रमाण बनेर उभिएको छ ।
धर्म नमान्ने तिनै कम्युनिस्ट देखि कांग्रेसका केहि अबसरबादीहरुले पनि INGO र NGO खोलेर कांग्रेसको बर्को ओढेर कम्युनिस्ट चरित्र धारण गरेका छन । तर केहि बर्ष देखि जनताहरुले आफ्नो सनातनी धर्मको जगेर्ना गर्न सप्ताह महायज्ञ देखि पुराण लगाएको र त्यसमा असंख्य जान सहभागिता देखेर चेत पलाएको कांग्रेसी नेताहरुले भर्खरै भएको केन्द्रिय महाधिबेसनमा हिन्दु धर्मको पक्षमा जोडदार आवाज उठाउन थाले पछी बिदेसी शक्तिहरु आत्तिनु स्वभाविकै हो ।
२०५२ सालमा गरिएको शसस्त्र जनयुद्ध पनि बिदेसिकै ईसारामा गरिएको थियो । सोहि जनयुद्धको कारण नेपालमा राजतन्त्रको अन्त्य र देश धर्मनिरपेक्ष हुन पुग्यो । नेपाली जनताको चाहना बिपरित देसमा अहिले जनता बेरोजगार अनि अर्थतन्त्र धरायसी बन्न पुगेको छ । सत्ताच्युत राजाले समय समयमा जनताको पिडा र देशको नाजुक स्थिति देखेर केहि शब्द बोल्नासाथ बिदेसीको खेतालाहरुको मनमा आंधी र तुफान उठन थाल्छ ।
कांग्रेस हुन या कम्युनिस्ट वा अन्य साना पार्टीहरु । ति पार्टीमा जोडिएका नेता तथा कार्यकर्ताहरु सबै कम्युनिस्ट जस्तै नास्तिक छैनन । राजाको समय समयको उद्घोष, खांटी नेपाली हिन्दु तथा मुस्लिम धर्मगुरुहरुको आव्हान र कांग्रेस पार्टीको महासमिति बैठकमा उठेको हिन्दु धर्मको आवाज अनि देशमा २०४७ को संबिधान लागु हुने भय देखि अत्तालिएर प्रचण्ड सर्खार अत्तालिएर रातारात सत्ता परिवर्तन गरिएको हो ।
२०८० फाल्गुण २४ गते विहीबार क्राइम चेक साप्ताहिकमा प्रकाशित