२०८३ असार २७ गते, शनिबार ११:२४

स्रोत नखुलेको १० लाख रुपैयाँसहित दुई पक्राउ

रौतहट/प्रहरीले रौतहटबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।

रौतहटको ईशनाथ नगरपालिका-१ मा सवारीसाधन चेकजाँच गर्ने क्रममा प्र ३ ०१–०२३ च ५३८५ नम्बरको गाडीबाट उक्त रकम बरामद गरिएको प्रहरीले जनाएको छ।

गाडीमा सवार मकवानपुरको मनहरी गाउँपालिका-१ का देवराज थिङ र चालक हेटौँडा-१४ का रामरती मोक्तानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिइन्।

रकमसहित दुवै जनालाई आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको गिरीले बताइन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM