Saturday, July 27, 2024
घरक्राइम चेकस्रोत नखुलेको १० लाख रुपैयाँसहित दुई पक्राउ

स्रोत नखुलेको १० लाख रुपैयाँसहित दुई पक्राउ

रौतहट/प्रहरीले रौतहटबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।

रौतहटको ईशनाथ नगरपालिका-१ मा सवारीसाधन चेकजाँच गर्ने क्रममा प्र ३ ०१–०२३ च ५३८५ नम्बरको गाडीबाट उक्त रकम बरामद गरिएको प्रहरीले जनाएको छ।

गाडीमा सवार मकवानपुरको मनहरी गाउँपालिका-१ का देवराज थिङ र चालक हेटौँडा-१४ का रामरती मोक्तानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिइन्।

रकमसहित दुवै जनालाई आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको गिरीले बताइन्।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -