Friday, April 12, 2024
घरक्राइम चेकबारामा शंकास्पद वस्तु विष्फोट, तीनको मृत्यु, दुई पक्राउ

बारामा शंकास्पद वस्तु विष्फोट, तीनको मृत्यु, दुई पक्राउ

वीरगंज/शंकास्पद वस्तु पड्किँदा तीन जनाको मृत्यु भएको छ।

निजगढ नगरपालिका वडा नं. ७ निजगढ बजारमा सञ्चालित रेशम मगरको वर्कशपमा लेथमा सोमबार ग्यास बेल्डिङ गर्ने क्रममा शंकास्पद वस्तु विस्फोट भएको थियो ।

उक्त घटनामा सञ्चालक रेशम मगरको हिजो नै मृत्यु भएको थियो भने घटनामा ५ जना घाइते भएका थिए । विस्फोटबाट घाइते भएकाहरुमध्ये थप दुईजनाको उपचारको क्रममा वीरगंजको वयोधा अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जनाए ।

मृत्यु हुनेहरुमा भारत जिल्ला गवाईका ३५ वर्षका राकेश जैसवाल र वीरगञ्ज महानगरपालिका वडा नंं. ९ बस्ने २० वर्षका रितु रजत रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका जिनगढ-०५ का ४५ वर्षीय सूर्य बहादुर थापा, वीरगंज-९ बस्ने ३४ वर्षका फिरोज देवान र भारत रामघडवाका २० वर्षीय अरविन साहको अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत मोतिहारीका ४० वर्षीय राज भन्ने रमेश जैसवाल र निजगढ–९ बस्ने २९ वर्षका टिकाराम पाख्रिङ रहेका बारा प्रहरी बताँउछ ।

पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनायो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

News & Updates

Recent Comments