२०८३ जेष्ठ ३० गते, शनिबार ०५:३८

नक्कली छोरी प्रकरण: कारवाही नगरेको विरोधमा सिटी जुलुस

राजन रौनियार/

वीरगंज/नक्कली छाेरी प्रकरणले नयाँ माेड लिएकाे छ । प्रहरी प्रशासनले छानबिन प्रकृयामा ढिलासुस्ती गरेकाे भन्दै आज वीरगंजमा विराेध प्रदर्शन स्वरुप सिटि जुलुस निकालिएकाे छ ।

गत पुसमा नै वीरगंजका मेयर राजेशमान सिंहले आफू नक्कली बुवा बनि नागरिकता बनाएको भन्दै प्रहरीमा जाहेरी परेको थियाे l

मेयर राजेशमान सिंहले झुठो विवरण पेश गरी करिब ९ वर्ष पहिला काठमाडौँमा जन्मेकी एकजना भट्टराई थर भएको दम्पतिकी छोरीलाई आफ्नो छोरी बनाई निजको नाम रूबिना श्रेष्ठ राखि झुटो प्रमाण बनाई वीरगंज महानगर पालिका वडा नं. ३ बाट नागरिकता सम्बन्धी अन्य कागजात बनाई झुटो विवरण पेश गरी नागरिकता बनाएको भन्दै आवश्यक छानबिन र कारबाहीको प्रक्रिया अगाडि बढाउनलाई १ दर्जन भन्दा बढि समाजिक तथा राजनितक व्यक्तिहरुले राज्यकाे सम्बन्धित सम्पुर्ण निकायहरुमा उजुरी दिएका छन् ।

स्थानीय प्रशासनले छानबिन समिति बनाएता पनि छानबिन प्रकृया अहिले सम्म कुनै निष्कर्षमा नपुगेकाे भन्दै स्थानियहरुले आशंका जताउन थालेका छन् ।

यता अर्को समुहका युवाहरुले जुलुसकाे विराेध गर्दै वीरगंजकाे माईस्थान र पानगल्ली राेड अगाडी टायर बालेर विराेध जनाएका छन् ।

वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षककाे कमाण्डमा रहेकाे बाक्लाे प्रहरी उपस्थितिकाे कारण अप्रिय घटना हुनबाट वीरगंज जाेगिएकाे छ । मुद्दा किनारा नलगाए सम्म वीरगंजमा विराेध प्रदर्शन झन सशक्त बनाउने उजुरी कर्ताहरुकाे भनाई रहेकाे छ । प्रहरी प्रशासनकाे सक्षम्ता माथि नै प्रशन चिन्ह खडा भएकाे हुँदा वीरगंजवासी छानविनकाे अन्तिम निर्णयकाे पर्खाईमा रहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

Live

Listen Live FM