२०८३ जेष्ठ ३ गते, आईतवार १०:५२

भूमाफियाको प्रभावमा मालपोतका हाकिम एक सातामै हटाईए

काठमाण्डौ/भूमिब्यवस्था मन्त्रालयले मालपोत कार्यालय कास्कीको प्रमुखमा सरुवा भएका उपसचिव चिरञ्जीवी पौडेललाई एक हप्तामै हटाएको छ ।

मालपोत कार्यालय कास्कीका प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीलाई मालपोत कार्यालय बाग्लुङमा काज गरी पौडेललाई कास्की मालपोतमा सरुवा गरिएको थियो । तर त्यसको एक हप्ता बित्न नपाउँदै पोखराका भूमाफिया सुजन लामा मार्फत् लाभ लिएर नारायणथान गुठीको ५१ रोपनी जग्गा ब्यक्तिको नाममा श्रेस्ता कायम गर्नेगरी पुनः रामचन्द्र अधिकारीलाई नै मालपोत कार्यालय कास्कीको प्रमुखमा फर्काइएको छ ।

अधिकारीलाई नै कास्की मालपोतको प्रमुखमा फर्काउन भूमाफिया सुजन लामाले २० लाख घुस बुझाएको चर्चा भूमिब्यवस्था मन्त्रालयमा ब्याप्त छ ।

यसरी निजामती सेवा ऐन नियमावलीको धज्जी उडाउँदै भूमि ब्यवस्था मन्त्रीका आसेपासेहरुले मोटो रकम असुली गैरकानूनी सरुवा काज गरी कर्मचारी आतंक मच्चाएको र मन्त्रालय डुङ्डुङ्ती गन्हाएको गुनासो भूमिब्यवस्थाका कर्मचारीको छ ।

प्रतिक्रिया लेख्नुहोस्

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

Live

Listen Live FM