Wednesday, September 11, 2024
घरक्राइम चेकपशुपतिनाथ मन्दिरमा विधर्मीहरूको कब्जा

पशुपतिनाथ मन्दिरमा विधर्मीहरूको कब्जा

– अस्मिता भण्डारी

सुदन किराँतीकाे याे अभिब्यक्ती त्यसै आएको छैन । क्रिश्चियनलाई नमाने जेल हाल्ने अभिब्यक्ती किराँतीकाे हिन्दु धर्म प्रतिकाे आक्रमण प्रयास हाे ।किराँती पशुपतिनाथ मन्दिरको अध्यक्ष छन् । मन्दिरकाे हालकाे बेथिति त्यसै भएको छैन। कति पटक हाल सम्ममा किराँती जी पशुपतिनाथ दर्शन गर्न पुगेका छन् ?

जुत्ता चप्पल लगाएर मन्दिर प्रवेश गरेका कम्युनिष्ट प्रधानमंत्री, उनकी छोरी र अन्य, मन्दिरको माला नलागाएका मन्त्री सुदन किराँती / फोटो सामाजिक संजाल

अचेल बिधर्मीहरुकाे नियन्त्रणकाे शिकार भइरहेको छ पशुपतिनाथ मन्दिर । मन्दिरमा दर्शन गर्न जानुस् त्यहाँ धेरै बेथितिहरु पाईन्छ सर्वसाधारणले त पशुपतिनाथकाे मूर्तिकाे झलक दर्शन गर्न घण्टाै लाईनमा बसेर पनि गाह्रो छ । पैसा तिरेर पूजा गर्न जाँदा पनि त्यहाँका पहलमानहरु सँग लाप्पा खेल्दै , लाईनमा उभिनु पर्छ कुनै सिष्टम छैन । काेही भट्टका मान्छे , काेही पण्डाका मान्छे काेही पुलिसका मान्छे……ले ढाेका भरिएको हुन्छ । कसले चलाउदै छ पशुपतिनाथकाे मन्दिर ?? त्यहाँ पशुपतिनाथका कर्मचारीहरु स्वयंकाे केही चल्दैन । कर्मचारीहरु नै पेलिएका छन् बाेल्न सक्दैनन् । धेरै पटक मैले त्यहाँको बाताबरण अध्यय गरेँ, मैले देखें र लेखेको याे बिषय हाे ! अलिक कमजोर र बृद्धअबश्थाका मानिसहरुले पशुपतिनाथकाे दर्शन गर्न धेरै नै गार्‍हो छ । न त स्वयंसेवक काे राम्रो प्रवन्ध छ । नत पूजापाठकाे । संसारकाे हिन्दुकाे आस्थाकाे धराेहरमा किन याे अवस्था आयो ? बिचारणीय बिषय छ ।

खै त, यस्तो बिषयमा शुदन किराँतीले सुधार गर्नु भएको ?? पशुपतिनाथमा भएको कमि कमजोरीलाई सुधारेर हिन्दु धर्मावलम्बीको आकर्षण बढाउनु भन्दा बेथिति बढाएर अनास्था बढाउने कार्यमा संस्कृति मन्त्रालायकाे काम भएको देखिएको छ ।

किनभने , पशुपतिनाथकाे महिमा र धर्मको महत्त्व बुझेकालाई भन्दा पनि पार्टीका कार्यकर्तालाई भाग पुर्‍याउन राजनीतिक नियुक्ति दिने ठाउँ भएको छ । धार्मिक संघ संस्था र धार्मिक विज्ञहरू सँग कुनै पनि समन्वय छैन । आज सम्म संस्कृति मन्त्रालयले धार्मिक संघ संस्थाले गरेका कार्यहरु प्रति कुनै अभिरुचि राखेको देखिएको छैन। भएका सल्लाहकारहरु सबै खारेज गरिएको छ भर्खरै ! राजा पालाका भएकोले हटाएको रहेछ के अब सबै किराँती जी कै पालाका मात्रै राख्ने ?? किराँती जीकाे सत्ता सधैं रहिरहन्छ ?

फेरि जसले धर्म भनेकाे अफिम हाे भनेर धार्मिक मठ मन्दिर भत्काए, मन्दिरमा दिशा पिसाब गर्ने र घृणा फैलाउने , पुजारीकाे हत्या गर्ने धर्म प्रति उदासीनता देखाउने , संस्कृत भाषाकाे नष्ट गर्ने , संस्कृत विद्यालयहरु भत्काउने जस्ता संस्कार संस्कृति नमान्नेहरुलाई पशुपति बिकास काेष जिम्मा दिने , जस्लाई धर्म प्रति कुनै आस्था र श्रद्धा नै छैन भने त्यस्तो ब्यक्तिबाट के आशा गर्ने ?? आस्था नै नभएको ठाउँमा कसरी श्रद्धा र भावना जाेडिन सक्छ ?

धर्म भनेकाे राजनीति हाेईन । संस्थानहरुमा राजनीति नियुक्ति गरे जस्तो धार्मिक क्षेत्रकाे नियुक्ति हुदैन कमसेकम धार्मिक आस्था भएका साे क्षेत्रमा भिजेका , धार्मिक निष्ठा भएका ब्यक्ति भए पाे उनीहरुले काम गर्न सक्छन् , बुझ्छन् । त्यसैले नेपालमा याेजनाबद्ध रुपमा हिन्दुका महत्त्वपूर्ण मठ मन्दिरहरु राजनीतिक नियन्त्रणमा लिने र राजनीतिकरण गर्ने मिसिनरीहरुकाे गुरुयाेजनाबाट पशुपतिनाथमाथि सुस्तरुपमा आक्रमण भइ रहेको छ ।

विश्व सम्पदा सूचीमा रहेको संसारभरिका हिन्दु ॐकार परिवारकाे आस्थाकाे केन्द्र भगवान् पशुपतिनाथलाई अनादर गर्ने, बेथिति गर्ने , सुधार गर्ने नाममा अनावश्यक नियन्त्रण गर्ने कार्य सरकारले नगराेस् !! यदि यस्तै हुदै गएमा बिश्व भरिका हिन्दु ॐकार संस्कृतिका अनुयायीहरुकाे भावना अनुरुप धार्मिक क्षेत्रकाे अगुवाइमा पशुपतिनाथ मन्दिर संचालनका लागि धार्मिक क्षेत्रले हस्तक्षेप गर्ने दिन आउछ !! बिधर्मीहरुकाे याेजना अनुरुप पशुपतिनाथ मन्दिर तथा अन्य महत्त्वपूर्ण मठ मन्दिर कब्जा गर्ने कार्य बन्द गरिनुपर्छ । जय पशुपतिनाथ !!

(विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिकी अध्यक्ष भण्डारीको फेसबुक वालबाट साभार)

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -