Sunday, May 19, 2024
घरक्राइम चेकसशस्त्र प्रहरीका एसपी कारबाहीमा

सशस्त्र प्रहरीका एसपी कारबाहीमा

काठमाडौं । तस्करीमा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीले सिराहाका एसपी प्रमोद भारतीलाई कारबाही गरेको छ । एसपी भारतीको विषयमा पटक–पटक समाचार प्रकाशित गरेपछि हेडक्वार्टरले उनीमाथि अनुसन्धान सुरु गरेको थियो । केही दिनअघि उनलाई नसिहतको कारबाही भएको सशस्त्र प्रहरी मुख्यालय स्रोतले जनाएको छ ।

हलचोकस्थित सशस्त्रको हेडक्वाटरले उनलाई कारबाही गरेको भएपनि त्यसलाई बाहिर ल्याउन चाहेको छैन । सशस्त्र प्रहरी बल नेपाल ७ गण सिराहमा कार्यरत सशस्त्र प्रहरीका एसपी भारती र मार्डर बीओपीका डीएसपी रामहरि खड्कालाई गत असोज १६गते नै छानबिनका लागि तानिएको थियो ।

राजस्व अनुसन्धान कार्यालय इटहरीले सिरहा नगरपालिका १५ सुखचैनाबाट झन्डै ५० लाख रुपैयाँ बराबरको तस्करीको कपडा बरामद गरेपछि सशस्त्र प्रहरी मुख्यालयले सिराहका एसपी र डीएसपीलाई तानेर छानबिन गर्न निर्देशन दिएको थियो ।सशस्त्र प्रहरीका एसपी भारती र डीएसपी खड्काले तस्करसँगको मिलेमतोमा छाडेको कपडा राजश्वले बरामद गरेको पुष्टि भएपछि भारतीलाई नसियतसहित कारबाही गरिएको हो भने खड्कालाई भने बचाइएको छ ।सिराहको मार्डरबाट तस्करी गराएका बिओपी मार्डरका अर्का डिएसपी पवन खड्कालाई पनि नसिहतकै कारबाही भएको बुझिएको छ । तर, अर्का डिएसपी रामहरी खड्का भने कारबाहीबाट जोगिएका छ्न् । यता फेसबुकमा संगठनविरुद्ध लेख्ने सइ बाबुराम गैरेले पनि नसिहतको कारबाही भोगेका छन् ।उनले संगठनविरुद्ध फेसबुकमा लेखेका थिए । संगठनमा अनुशासन नभएको भनेर चिनिने गैरेको दरबन्दी पनि बिगत १० वर्षदेखि रुपन्देही र कपिलवस्तु मात्र हुने गरेको छ ।

ती जिल्लाका बिओपीमा बसेर तस्करी गराउने गरेको आरोप उनिमाथि छ । उनको सरुवा भयो कि शक्ति केन्द्रबाट फोन लगाउने र ती जिल्लाभन्दा बाहिर नजाने चाजोपाजो मिलाउने गरेका छन् ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -