Saturday, July 27, 2024
घरपत्रपत्रिकाप्रहरी हिरासतमा अभियुक्तको मृत्यु

प्रहरी हिरासतमा अभियुक्तको मृत्यु

धनगढी: कैलाली प्रहरीको लकअपमा रहेका युवकको मृत्यु भएपछि आफन्तले हत्या गरिएको आरोप लगाएका छन्। हिजो (बिहीबार) प्रहरीको कस्टडीमै रहेका युवकको अचानक मृत्यु भएपछि आफन्तले हत्या आरोप लगाएका हुन्।

हिजो जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका धनगढीका युवक कृष्ण सेट्टीको मृत्युु भएको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार थुनामा राखिएका उनलाई बयान लिने क्रममा अचानक समस्या आई ढलेर बेहोस भएकोमा सेती अस्पताल लगेर उपचार थालिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको बताइन्छ। तर, उनका दाई गोपाल सेट्टीले भने प्रहरीकै कस्टडीमा आफ्नो भाईको हत्या भएको बताए। उनले प्रहरीले सिसिटिभी पनि लुकाइरहेको दाबी गरे। आफ्नो भाइको स्वास्थ्यमा कुनै समस्या नरहेको पनि उनको भनाई छ। यस्तै उनीसहितका आफन्तले अहिले घटनाको सत्यतथ्य छानबिनको माग गरिरहेका छन्।

अस्तिमात्रै धनगढी उपमहानगरपालिका- १६ बेहडाबाबा विद्यालय क्षेत्रमा बाँसको लाठी प्रहार गरेर ३८ वर्षीय लालबहादुर थापाको हत्या गरेको अभियोगमा मृतक सेट्टी पक्राउ परेका थिए।

बिहीबार प्रहरीले उनलाई बयानका लागि थुनाकक्षबाट बाहिर ल्याएको थियो। प्रहरीले बयान लिने क्रममा बेहोस भएका ३१ वर्षीय सेट्टीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

सोमबार दिउँसो मदिरा चोरी गरेको आरोप लगाएर स्थानीय व्यापारीसमेत रहेका सेट्टीले थापालाई बाँसको लाठी प्रहार गरेपछि थापा बितेर सेट्टी समातिएका थिए।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -