२०८३ असार १९ गते, शुक्रबार १६:३३

कोशीका मुख्यमन्त्री कार्कीद्वारा राजीनामा

मोरङ/कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिएका छन्। शनिबार प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले राजीनामा दिएका हुन्।

उनले आफूले विश्वासको मत लिनुअघि नै राजीनामा दिने निष्कर्षमा पुगेको बताए। उनले आज विश्वासको मत लिने भनिएको थियो। तर विश्वासको मत नलिइ उनले राजीनामा दिएका हुन्।

प्रदेशसभालाई सम्बोधन गर्दै उनले सहमति र सहाकार्यका लागि दलहरुलाई आह्वान गरे। प्रदेशलाई मध्यावधि निर्वाचनतर्फ धकेल्न नहुने उनको भनाइ थियो।

उनले भने, ‘केही साथीहरुको बुझाइ फरक रह्यो। केहीलाई मैले बुझाउन सकिन होला। केहीसँगको संवादमा माथिबाट आएको निर्णयलाई अघि बढाउनुपर्ने जवाफ आएपछि धेरै कुरा गरिएन होला।’

प्रतिपक्षमा ४ वर्ष बसेर राजनीति गर्न कुनै असहज नहुने बताएका कार्कीले दलहरु मिलेर काम गर्नुको विकल्प नभएको बताए।

कार्की गत भदौ २२ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनलाई प्रदेश सरकार अघि बढाउन ४७ जना प्रदेश सभा सदस्यसहितको विश्वासको मत आवश्यक रहेको थियो।

प्रदेशसभा बैठक अर्को सूचना नहुञ्जेलसम्मका लागि स्थगित भएको छ।

प्रतिक्रिया लेख्नुहोस्

जनकपुरको आध्यात्मिक विरासत जोगाउन अष्टावक्र गीताको प्रवर्द्धन आवश्यक : स्वामी आनन्द अरुण

काठमाडौं। साहित्यकार सुमी लोहनीद्वारा अनुसिर्जन गरिएको ‘अष्टावक्र महागीतामृत’ कृतिको काठमाडौंस्थित

जनकपुरको आध्यात्मिक विरासत जोगाउन अष्टावक्र गीताको प्रवर्द्धन आवश्यक : स्वामी आनन्द अरुण

काठमाडौं। साहित्यकार सुमी लोहनीद्वारा अनुसिर्जन गरिएको ‘अष्टावक्र महागीतामृत’ कृतिको काठमाडौंस्थित

Live

Listen Live FM