२०८३ असार १९ गते, शुक्रबार १६:३२

राम्रोसँग चलाउन नसके सरकार छोड्नु : डा. शेखर कोइराला

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले सरकार राम्रोसँग चल्न नसकेको बताएका छन् ।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै नेता कोइरालाले यो सरकार सच्चिन जरुरी रहेको बताउँदै सच्चिन नसक्ने भए प्रधानमन्त्री प्रचण्डले सरकार छोड्नु पर्ने उनले बताएका हुन् ।

उनले अब कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्ने बताए । उनले पार्टी सभापति शेरबहादुर देउवासँग विवाद नभएको तर विधिसम्मत हिंड्नु पर्ने बताए ।

उनले देश अराजकतातिर गइरहेको भन्दै कुनै पनि तरिकाले देश ठीक ढंगले नचलेको बताए ।

नेता कोइरालाले मतदातालाई समेत प्रश्न गरेका छन्, ‘नेतालाई सुध्रनुस भन्नुहुन्छ, भोट हाल्नेबेला तपाईंहरु सुध्रनुभो ?’ उनले भने ।

प्रत्यक्षमै समावेशी आरक्षण सुनिश्चित गरेर समानुपातिकको व्यवस्था हटाउनु पर्ने उनको भनाइ छ ।

प्रतिक्रिया लेख्नुहोस्

जनकपुरको आध्यात्मिक विरासत जोगाउन अष्टावक्र गीताको प्रवर्द्धन आवश्यक : स्वामी आनन्द अरुण

काठमाडौं। साहित्यकार सुमी लोहनीद्वारा अनुसिर्जन गरिएको ‘अष्टावक्र महागीतामृत’ कृतिको काठमाडौंस्थित

जनकपुरको आध्यात्मिक विरासत जोगाउन अष्टावक्र गीताको प्रवर्द्धन आवश्यक : स्वामी आनन्द अरुण

काठमाडौं। साहित्यकार सुमी लोहनीद्वारा अनुसिर्जन गरिएको ‘अष्टावक्र महागीतामृत’ कृतिको काठमाडौंस्थित

Live

Listen Live FM