Thursday, January 16, 2025
घरक्राइम चेकभारतले मिचेको भूमि फिर्ता गर्नुपर्छ, चीनले चुच्चे नक्सा स्वीकार्नु पर्छ: माधव नेपाल

भारतले मिचेको भूमि फिर्ता गर्नुपर्छ, चीनले चुच्चे नक्सा स्वीकार्नु पर्छ: माधव नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा वैदेशिक हस्तक्षेप बढ्न थालेको टिप्पणी गरेका छन् ।

रौतहटबाट समाजवादी जागरण अभियानको पाँचौ दिनको अभियानको सुरू गर्नुअघि पत्रकारसँगको कुराकानीमा उनले सीमा विवाद वार्ताबाट समाधान गर्नुपर्ने बताए ।

नेपालले भने, ‘लिम्पियाधुरा, कालापानी र समेटिएको नेपालको नक्सालाई भारतले मान्नु पर्दछ । हाम्रो भूमि फिर्ता गर्नुपर्छ । चीनले पनि हाम्रो नयाँ नक्सालाई मान्यता दिनुपर्दछ ।’

श्रमजीवी जनताको हितका लागि र समग्र देशको हितको लागि सदन र सरकारको मोर्चामा संघर्ष गरिरहेको उनको भनाइ थियो ।

नेपालले भने, ‘पूँजीपतिको स्वार्थमा मात्र नीति नबनोस् भनेर हामीले प्रधानमन्त्रीलाई भनिरहेका छौं । त्यसका लागि हामीले संघर्ष गरिरहेका छौं । हामी अहिले मोर्चा र गठबन्धनलाई छोडेर जानेवाला छैनौं ।’

उनले अहिले देशको अर्थतन्त्रमा संकट देखा परेकोबारे पनि प्रधानमन्त्रीलाई तत्काल समाधानको लागि पहल गरेको बताए । नेपालले मिटरव्याजपीडितको पक्षमा पार्टी दृढ भएर लागिरहेको समेत बताए ।

उनले गुन्डा नाइके रिगल भनिने योग ढकाललाई आममाफी दिने सरकारको निर्णयमा आफूहरूको सहमति नभएको बताए ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -