२०८३ असार १९ गते, शुक्रबार १९:०२

द्वैध नागरिकको अगुवाईमा २०७२ को संविधानविरुद्ध प्रर्दशन

वीरगंज/नेपाल र भारत दुई देशको नागरिकता धारण गरेका कुख्यात द्वैध नागरिक नरेश साहको अगुवाईमा संविधान २०७२ को विरोधमा मसाल जुलुस प्रदर्शन गरी प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको पुतला दहन गरिएको छ।

भारत बिहार सितामढ़ी जिल्ला बेलमा जन्मेका नरेश साह हाल कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको पर्सा जिल्ला अध्यक्ष छन्।

तिनै द्वैध नागरिक साह अध्यक्ष रहेको रा.प्र.पा.नेपाल पर्साले बुधवार २०७२ को संविधान विरुद्ध कालो दिन भन्दै संविधानको विरोध गर्दै मसाल जुलुस प्रर्दशन गरेको हो ।

रा.प्र.पा.नेपाल पर्साको पार्टी कार्यालय श्रीपुरबाट निस्केको बिरोध ऱ्यालीमा २०७२ सालको संविधानको विरुद्धमा कालो दिन भन्दै,”२०७२ सालको संविधान खारिज गर, गणतन्त्र मुर्दावाद, संघीयता खारेज गर”भन्दै नारा लगाउँदै विरोध ऱ्याली गर्दै घण्टाघर चोकमा सम्पन्न भएको थियो।

त्यसपछि वीरगंज स्थित पान गल्लीबाट निस्केको मसाल जुलुस घण्टाघर चोकमा पुगी प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को पुत्ला दहन गरेको थियो‌।

भारत बिहार राज्य सितामढी जिल्ला बेल निवासी नरेश साहले २०६३ सालको नागरिकता टोलीमा झुठो विवरण पेस गरी सर्लाही जिल्लाबाट नेपाली नागरिकता लिएका थिए पछि उनले बसाई सराई गरि वीरगंज आए। झूठो विवरण पेश गरि नागरिकता लिएको पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले भारतीय नागरिक नरेश साहको नागरिकता खारेजीको लागी गृहमन्त्रालयमा सिफारिस गरिसकेको अवस्थामा गत मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा राप्रपाले निजलाई उम्मेदवार बनाए पनि आम मतदाताले जमानत जफ्त हुने गरि बहिष्कार गरिदिएका थिए ।

प्रतिनिधिसभा सदस्य बनेर दोहोरो नागरिकको मुद्दाबाट उन्मुक्ति पाउने दाउमा रहेका साहको पोल खुलेपछि राजेन्द्र लिङदेनले पार्टीबाट निष्कासित गरेपछि यतिखेर साह कमल थापा नेतृत्वको राप्रपामा लागेका हुन।

संविधान जारी हुँदा संरक्षक बसेका उनै कमल थापा नेतृत्वको पार्टीको बैनरमा संविधानको विरोध गरेको देखेपछि नेताको द्वैध चरित्र देखेर स्थानीयहरू लज्जित बनेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

नमूना विद्यालय भवन निर्माणमा भ्रष्टाचार आरोप : राजपुर नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं । रौतहटको राजपुर नगरपालिकास्थित एक नमूना विद्यालयको भवन निर्माणमा

नमूना विद्यालय भवन निर्माणमा भ्रष्टाचार आरोप : राजपुर नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं । रौतहटको राजपुर नगरपालिकास्थित एक नमूना विद्यालयको भवन निर्माणमा

Live

Listen Live FM