राजतन्त्र पुनर्स्थापना मुलुककालागि अनिवार्य आवश्यकता : चन्द्र भण्डारी (भिडियोसहित)

0

काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसका नेता डा. चन्द्र भन्डारीले मुलुकमा राजतन्त्र अपरिहार्य रहेको जिकिर गरेका छ्न्।

कांग्रेसले बिपी जयन्तीका अवसरमा बिपीको साहित्यिक पाटोमा बहस चलाउँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार काठमाडौंमा राष्ट्रिय मेलमिलाप नीतिबारे छलफल गरेको थियो। सोही छलफलमा सहभागी नेता भन्डारीले यस्तो बताएका हुन्।

भन्डारीले बिपीको स्मरण गर्दै बिपीले राजा रहे देश रहने बताउने गरेको जनाए।

उनले भने, ‘बिपीले राजाको घाँटी र मेरो घाँटी जोडिएको छ। राजा रहे देश रहन्छ भन्नुहुन्थ्यो।’

भन्डारीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको जोश र वरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्रको विचारको प्रशंसा गरेका थिए।

राप्रपा सम्बद्ध नेपाल प्राज्ञिक परिषदले ‘आजको सन्दर्भमा राष्ट्रिय मेलमिलाप नीतिको अन्तर्य र औचित्य’ विषयमा विचार गोष्ठीको आयोजना गरेको थियो।

हेर्नुहोस् भिडियो:

 

 

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्