२०८२ मंसिर २० गते, शनिबार १८:४९

राष्ट्रिय साहारा दैनिकको वार्षिकोत्सवमा अन्तरक्रिया

वीरगंज/बारा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य कृष्ण कुमार श्रेष्ठ (किसान)ले राष्ट्रिय साहारा दैनिकका स्व. पत्रकारको नाम जीवन्त राख्न आफ्नो एक महिना बराबरको तलब दिने घोषणा गर्नु भएको छ ।

 

 

राष्ट्रिय सहारा दैनिक पत्रिकाको २१ औं वार्षिकोत्सवको अवसरमा आयोजित “साना लगानीका संचार माध्यमको प्रवर्द्धनमा स्थानीय सरकारको झूमिका” विषयक अन्तरक्रिया कार्यत्रममा प्रमूख अतिथिको आसनबाट बोल्नु हुँदै प्रतिनिधिसभा सदस्य श्रेष्ठले साना लगानीको संचारमाध्यम एवं मोफसलका पत्रकारहरूको प्रवर्द्धनकालागि सरकार गम्भीर हुनु पर्ने बताउनु भयो । नेकपा एसका सांसद श्रेष्ठले नेपालको समृद्धिकोलागि मधेशको विकास र समृद्धि हुन जरुरी रहेको बताउनु भयो । आफू मधेशी दाजुभाईको भोटबाट निर्वाचित भएकोले मधेश क्षेत्रको विकास एवं प्रवर्द्धनकालागि आफू अग्र पंक्तिमा रहेको आवाज उठाइरहेको दाबी गर्दै संसद श्रेष्ठले कृषिकालागि सिंचाईमा पानी, बिउ विजन र मल खादको आपूर्तिकोलागि आफूले पहिलो प्राथमिकता हुनुपर्ने सदैव माग उठाइरहेको दाबी गरे । नेपालको हरेक राजनीतिक परिर्वतनमा स्थानीय संचारमाध्यमको भूमिका महत्वपूर्ण रहेको र सो योगदान सत्तामा गएपछि कसैले बिर्सिन नहुने पनि श्रेष्ठको भनाई रहेको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि मधेश प्रदेशसभा सदस्य जितेन्द्र सोनलले विगतमा भएका जुनसुकै संघर्ष एवं आन्दोलनमा स्थानीय स्तरका संचारमाध्यम एवं संचारकर्मीहरू राजनीतिक दलसँगै अग्रपंक्तिमा रहेर आन्दोलनलाई सफल पार्न महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्नुभयो ।

सो कार्यक्रममा विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दीपेन्द्र चौहानले राजनीतिक परिवर्तनको ढाल पत्रकार एवं संचारमाध्यमलाई बनाउने तर सत्तामा पुगेपछि संचारमाध्यमलाई अवमूल्यन गर्ने काम सत्ता पक्षले गर्दै आइरहेको बताउनु भयो । केन्द्रिय सचिव चौहानले स्थानीय सरकारले स्थानीय स्तरका संचारमाध्यममा दिनुपर्ने सूचना र विज्ञापन राजधानीका पत्रपत्रिकालाई कमिशनको भरमा दिने गरेको बताउनु भयो ।

त्यस्तै वीरगंज महानगरका उप प्रमुख इम्तियाज आलमले स्थानीय स्तरमा हुने गरेको हरेक गतिविधिलाई संचारमाध्यमले निर्भिकतापूर्वक उठान गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

राष्ट्रिय सहारा दैनिकका प्रकाशक एवं कार्यकारी सम्पादक चन्द्रभूषण साहको सभापतित्वमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जन कुमार सर्राफ, बहुदरामाई नगरपालिकाका प्रमुख सिंहासन साह तेली, नेकपा एमालेका पर्सा जिल्ला संयोजक डा. विश्वम्भर शर्मा, नेकपा माओवादी केन्द्रका अमिताभ बच्चन दास, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछाने, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, नेपाल प्रेस युनियनका केन्द्रिय सचिव अशोक तिवारी, समाजवादी प्रेस संगठनका केन्द्रिय सचिव बृजलाल पासवान, समाजवादी पत्रकार संघठन पर्साका अध्यक्ष मनोज पटेल, प्रेस सेन्टर पर्साका अध्यक्ष दीपक गौतमलगायतका वक्ताहरू शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM