२०८२ मंसिर २० गते, शनिबार १८:४६

नारायणकाजीलाई हटाएर रास्वपालाई सरकारमा भित्र्याउने प्र.म. दाहालको तयारी

काठमाडौं। सरकारमा सहभागी भएर बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई सरकारमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तयारी थालेका छन्।

उनले संसदीय अंकगणितमा थप मजबुद हुने अभिप्रायले रास्वपासँग सरकारमा सहभागीताबारे छलफल चलाएको स्रोतले जनाएको छ।

प्रतिनिधिसभामा २१ सिट रहेको रास्वपालाई सरकारमा सहभागी गराएर प्रधानमन्त्री दाहालले आफू बलियो बन्ने दाउमा लागेका हुन्।

उनले सत्ता घटक नेकपा (एकीकृत समाजवादी) र जसपा पछिल्लो समय घुर्कीपूर्ण अभिव्यक्तिले चिढिएका छन्।

जसपाका अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री दाहालसँग असन्त्ुष्ट रहेको अभिव्यक्ति दिन थालेपछि उनले रास्वपालाई सरकारमा सहभागी गराएर तर्साउने दाउमा लागेको स्रोतले बतायो।

स्रोतका अनुसार सत्ता सहयात्री जसपा र एकीकृत समाजवादीलाई तर्साएर आफू नेतृत्वको सरकार थप बलियो बनाउन प्रधानमन्त्रीले रास्वपालाई सरकारमा सहभागी गराउन लागेका हुन्।

सरकारमा रहेका एकीकृत समाजवादको १० सिट र जनता समाजवादी पार्टी(जसपा)को १२ सिट रहेको छ।

सरकारमा रहेका आफ्नै पार्टीका वरिष्ठ उपाध्यक्ष समेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठको बारेमा पनि उनले कठोर कदम चाल्ने गरी गृहकार्य गरिरहेका छन्।

सत्ता साझेदार प्रमुख घटक कांग्रेसको तीव्र दबावपछि प्रधानमन्त्री दाहालले आफ्नै पार्टीका वरिष्ठ उपाध्यक्ष रहेका सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पनि हटाउने तयारी स्वरुप छलफल गरेको स्रोतको दाबी छ।

यस अघि प्रहरीको एआइजी सरुवामा पनि कांग्रेस सभापति शेरबहादुर देउवाको प्रस्ताव अस्वीकार गरेपछि गृहमन्त्री श्रेष्ठसँग कांग्रेस चिढिएको छ। सुरुमा आनाकानी गरेका गृहमन्त्री श्रेष्ठ प्रधानमन्त्रीको दबावपछि सरुवा गर्न राजी भएका थिए।

सोही समयदेखिरुष्ट बनेको कांग्रेसले प्रधानमन्त्रीमाथि गृहमन्त्री हटाउन तारन्तार दबाव दिइरहेका छन्। सत्तारुढ प्रमुख घटक कांग्रेसको निरन्तरकोे दबावले सत्तासहयात्रामा संकट पर्ने देखिएपछि प्रधानमन्त्री दाहाल गृहमन्त्री परिवर्तन गर्न सहमत भएको स्रोतको दाबी छ।

सरकारबाट गहमन्त्री श्रेष्ठलाई हटाएर बनाइने नयाँ गृहमन्त्रीको टुंगो भने लागेको छैन। माओवादीको भागमा परेको उक्त मन्त्रालयमा आफ्नै पार्टीका नेतालाई प्रधानमन्त्री दाहालले बनाउने बुझिएको छ।

सरकारमा सहभागी गराउन लागिएको रास्वपालाई भने भौतिक पूर्वधार र श्रम मन्त्रालय दिने गरी तयारी थालिएको छ। यसपटक सरकारमा सभापति रवि लामिछाने सहभागी नहुने रास्वपा स्रोत बताउँछ।

सरकारमा सहभागी हु्ने परिस्थिति निर्माण भए रास्वपाबाट स्वर्णिम वाग्ले र डिपी अर्यालको नाम चर्चामा छ। उनीहरुमध्ये वाग्लेलाई शहरी विकास मन्त्रालय र अर्याललाई श्रम मन्त्री बनाउने आन्तरिक तयारीमा रास्वपा रहेको स्रोतले बताएको छ।

हालका श्रममन्त्री लोसपाका सरतसिंह भण्डारी र कांग्रेसबाट शहरी विकास मन्त्री बनेकी सीता गुरुङलाई अन्यत्र व्यवस्थापन गर्ने गरी प्रधानमन्त्री दाहाल तयारीमा जुटेको स्रोतको दाबी छ।

तर, प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले तत्कालै सरकारमा रास्वपाको सहभागीता र गृहमन्त्री परिवर्तनको सम्भावना नरहेको बताए।

प्रधानमन्त्रीले अहिले सरकारका मन्त्री परिवर्तन गर्दा जनतामा गलत सन्देश पैदा हुने बताउँदै सल्लाहकार गजुरेलले त्यस्तो तयारी नरहेको दाबी गरे।

उनले गठबन्धन सरकार भएकाले कांग्रेसले मन्त्री परिवर्तनको दबाव दिनु स्वभाविक भएको उनको तर्क छ। तर तत्कालै परिवर्तन गर्ने मनस्थितिमा प्रधानमन्त्री नरहेको उनको प्रष्टोक्ति छ ।

उनले डिसी नेपालसँग भने, ‘गठबन्धन सरकार भएकाले प्रमुख घटकले आफ्नो अनुकूलताका लागि मन्त्री परिवर्तन गर्न दबाव दिनुलाई अन्यथा भन्न मिल्दैन। तर अहिले नै परिवर्तन गर्ने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्न।’

उनले रास्वपाको सरकारमा सहभागीताबारे छलफल गरिएपनि परिणाम आइनसकेको बताए। प्रधानमन्त्री दाहालले सहकार्यको प्रस्ताव गरेपनि रास्वपाबाट आधिकारिक रुपमा ठोस जवाफ नआएको उनले बताए।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार गजुरेलले भने, ‘सबैको समर्थन र सहकार्यले सरकार बलियो बनाएर सुशासनको अभियानलाई तिव्रता दिन रास्वपालाई प्रधानमन्त्रीको सुरुदेखिनै आग्रह हो। यद्यपि उहाँहरुले आफ्नो पार्टीमा आन्तरिक छलफल गरेपनि ठोस जवाफ दिइसक्नु भएको छैन।’

प्रधानमन्त्री दाहालले सत्तासहकार्यको प्रस्ताव गरेपनि रास्वपाले अझै सरकारमा सहभागीता हुने बारेमा निक्र्योल नगरेको उनले जनाए।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM