२०८२ माघ ४ गते, आईतवार २०:३२

गृहमन्त्रीको सुशासनको नारा छताछुल्ल, विवादित व्यक्तिहरू सम्मानित, भ्रष्टाचार आरोपीलाई पार्टीमा भित्र्याए

वीरगंज/उप प्रधान एवं गृहमन्त्री नारायणकाजीले जप्ने सुशासन अभियानको नारा फगत नारामै सीमित हुने देखिएको छ ।

आइतवार वीरगंजमा भएको दुई छुट्टा–छुट्टै कार्यक्रममा देखिएका दृश्यले प्रचण्ड सरकारको सुशासनको नारामाथि प्रश्नचिन्ह खडा भएको छ ।

पर्साको सखुवा प्रसौनी–६मा रहेको जय महाविर कृषि सहकारी संस्था लि.को अध्यक्ष भई हाल जिल्ला कृषि सहकारी संघको अध्यक्ष समेत रहेका शिव कुमार साहलाई गृहमन्त्री श्रेष्ठले पार्टी प्रवेश गराएको खबर सार्वजनिक भएपछि पार्टीका इमान्दार कार्यकर्ता एवं पर्सा जिल्लावासीहरू आश्चर्यचकित बनेका छन् ।

शिवकुमार साह जय महाविर कृषि सहकारी संस्था लगायत विभिन्न सहकारीको नाममा यस अघिको प्रदेश सरकार एवं कृषि मन्त्रालयबाट पछिल्ला ५ वर्षमा करोडौंको योजना ल्याएर कागजी प्रकृयामा बिल तयार पारेर अनियमितता गरेको आरोप लागेका व्यक्ति हुन् ।

साहको अगुवाईमा मधेश प्रदेश सरकार एवं कृषि मन्त्रालयबाट कृषि योजना अन्तर्गत बजार सेड निर्माणकै लागि आएको बजेट पनि बजारमा निर्माण हुनुको सट्टा व्यक्तिको निजी घर, मन्दिर, बोर्डिङ स्कूल ठेकेदारको सहुलियतका लागि निर्माण गरेको आरोप लागेको छ । जसमा सतवरियामा, सण्ठी स्कूलमा, सखुवा प्रसौनी–१ मधुवन मथवलमा, वडा नं. ६ लखनपुर स्थित मन्दिरमा, पप्पु कन्स्ट्रक्सनकालागि एवं एकटांगास्थित बोर्डिङ स्कूलमा बजार सेड निर्माण गरि एक करोड भन्दा बढीको कृषि अनुदानको बजेट बालुवामा पानी खन्याय सरह भएपछि केही देशभक्तहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा उजुरी समेत दिएका थिए ।

शिव कुमार साह अध्यक्ष रहेको सहकारी जय महाविर कृषि सहकारी संस्था लिमिटेड एवं अन्य सहकारीको नाममा मधेश प्रदेश सरकार एवं कृषि मन्त्रालय र संघीय सरकार समेतबाट गएको पाँच वर्षमा प्राप्त अनुदान बजेट, गरिएको कामको स्थलगत अनुगमन साथै खरिद बिल, पसल प्रमाणित सहितको कागजात झिकाई सुक्ष्म रुपमा छानबिन गर्ने हो भने शिव कुमारको अगुवाईमा भएको अनियमितताको रहष्य सार्वजनिक हुने नै छ ।

स्थानीयहरूका अनुसार शिव कुमार साह शुरु देखि नै चतुर किसिमका व्यक्ति हुन्। शुरुमा यिनी कुनै राष्ट्रवादी संगठनमा लागेका थिए, त्यसपछि राजेन्द्र महतोको तिर छापमा लागे, त्यसपछि फोरम प्रवेश गरे । यस अघि मधेश प्रदेश सरकार प्रमुखमा लालबाबु राउत गद्दीसँग नजिकको समबन्ध बनाएका शिव कुमार साह यतिखेर माओवादी पार्टीमा प्रवेश गरेका छन् ।

शासन सत्ताको आडमा आफूले अनेक लाभ लिने र अनियमितताबाट जोगिन सहज पनि हुने भएकोले शिव सत्तासिन पार्टीको यात्रा गर्दै आएका छन् ।

यस सन्दर्भमा बुझ्दा शिव कुमार साहले आफू आवद्ध कुनै सहकारीले पाएको अनुदानमा अनियमितता नभएको दाबी गरे। उनले भ्रष्टाचार र अनियमितता बाट जोगिन पार्टी प्रवेश नगरेको पनि दाबी गरे।

यता अख्तियार दुरूपयोग अनुसन्धान आयोगको हेतौड़ास्थित कार्यालयका अनुसार सो सहकारी विरुद्ध दुई वटा उजुरी परेको र अनुसन्धान तथा छानबिनकै प्रकृयामा रहेको जनाएको छ।

शिवकुमार जस्ता विवादित व्यक्तिलाई पार्टीभित्र प्रवेश गराएर पार्टीको चरित्र धुमिल गर्न खोजिएको भन्दै माओवादी भित्रकै कार्यकर्ताहरू असन्तुष्ट देखिएका छन्।

उता जिल्ला सरकारी बजेटमा निर्मित जिल्ला प्रशासन कार्यालय पर्साको भवन निर्माणमा विवादित व्यक्ति अग्रवालले कस्तो किसिमको सहयोग गरे? जसले गर्दा गृह मन्त्रीकै हातबाट प्रशंसापत्र दिईयो ? भन्ने पत्रकारको जिज्ञासामा जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले कार्यालयको सौन्दर्यकरणका लागि अग्रवालले ४०-५० थान गमला उपलब्ध गराए वापत सम्मान गरिएको बताउनु भयो।

अग्रवालजस्ता विवादित व्यक्तिलाई गृहमन्त्री जस्तो व्यक्तिको हातबाट त्यो पनि ४०-५० वटा गमला दिएवापत सम्मान पत्र दिएर सरकारी सम्मानको अपमान भएको चर्चा बुद्धिजीवीहरू बीच चलिरहेको पाइयो।

त्यस्तै केहि समय अघि मात्र वीरगंज कारागारमा म्याद गुज्रिएका पेय पदार्थ बिक्री वितरण गरेका नक्कली समाजसेवी शिव गोयललाई पनि जिल्ला प्रशासन कार्यालयमा गृह मन्त्री श्रेष्ठले कदर पत्र सहित सम्मानित गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM