२०८३ बैशाख २४ गते, बिहीबार २०:०३

प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार हृदय नारायण प्रसाद बरैद्वारा जरिवाना रकम दाखिला

वीरगंज/ २०७९ साल मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका हृदय नारायण प्रसाद बरै (चौरसिया)ले जरिवाना सहित निर्वाचन खर्चको विवरण सार्वजनिक गरेका छन्।

वीरगंज वडा नं.२२ जगरनाथपुर स्थायी घर भएका बरैले आफूले प्रतिनिधि सभासदस्य पदमा उम्मेदवारी दिएर चुनाव लड्दा एक लाख ७० हजार रुपैयाँ खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यालय पर्सामा बुझाएर सार्वजनिक गरेका छन्।

मतदाता नामावली खरीद, सवारी साधन प्रयोग, प्रचार प्रसार (टेम्पो)सामग्री, खाजा खर्च, गोष्ठी, पर्चा, पम्पलेट्सलगायतमा सो रकम खर्च भएको बरै (चौरसिया)ले बताउनु भयो।

निर्वाचन आयोगको नियमावली अनुसार प्रत्येक उम्मेदवारले आफू उम्मेदवार रहंदा चुनावमा भएको खर्च विवरण सार्वजनिक गर्नु पर्ने भए पनि पर्सा क्षेत्र नं.१ का स्वतन्त्र उम्मेदवार बरै (चौरसिया)ले जिल्ला निर्वाचन कार्यालयमा खर्च विवरण दर्ता गराएपनि सार्वजनिक नगरेको हुँदा निर्वाचन आयोले २०८०/०४/१५गते १५ हजार जरिवाना सहित ३५ दिने म्याद दिएअनुसार खर्च विवरण सार्वजनिक गरेका हुन्।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM