२०८२ मंसिर २१ गते, आईतवार ०१:१३

गृहमन्त्रीको सुशासनको नारा टाँय-टाँय फिस्स

वीरगंज/भ्रष्टाचारमा शून्य सहनशीलता र देशमा सुशासन कायम गराउने माओवादीको प्रचण्ड सरकारका उप प्रधान एवं गृहमन्त्री नारायण काजी श्रेष्ठले लगाउने नारा टाँय–टाँय फिस्स हुने देखिएको छ ।

पर्साको वीरगंजमा आइतवार जिल्ला प्रशासन कार्यालय पर्साको नव निर्मित भवनको उद्घाटन कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साको सिफारिशमा सम्मान गरिएका एक व्यक्ति एवं कार्यकर्ता भेलामा पार्टी प्रवेश गरेका अर्का व्यक्तिको फोटो सार्वजनिक भएपछि माओवादी सरकारको गृहमन्त्री नारायण काजी श्रेष्ठको सुशासन सम्बन्धी नारा र व्यवहारको रुप छताछुल्ल भएको हो ।

कुख्यात सुन तस्करको नामले चर्चित राजु भन्ने राजकुमार दारुका जो ३३ किलो सुन काण्डमा पक्राउ परेका थिए, दारुका अझै पनि सुन तस्करीमा सक्रिय रहेको चर्चा चरमउत्कर्षमा रहेको र उनकै साझेदार संजय अग्रवाललाई प्रशासनले समाजसेवी भनि गृहमन्त्रीकै हातबाट सम्मान दिन लगाएपछि नेपालको गृह प्रशासनले ढोल पिट्ने सुशासन कस्तो होला ? सर्वत्र चासोको विषय बनेको छ । अवैध कारोबारबाट नाम कमाएका व्यक्तिहरूबाट जिल्ला प्रशासनले नवनिर्मित भवन निर्माण तथा सेवाग्रहीमैत्री पूर्वाधार निर्माण लगायत सेवा प्रवाहसँग सम्बन्धित व्यवस्थापकीय कार्यकोलागि सहयोग लिनु र गृहमन्त्रीले सम्मान गर्नु पनि एक किसिमको भ्रष्टाचार नै होइन ?

सरकारी बजेटमा निर्मित जिल्ला प्रशासन कार्यालय पर्साको भवन निर्माणमा विवादित व्यक्ति अग्रवालले कस्तो किसिमको सहयोग गरे जसले गर्दा गृह मन्त्रीकै हातबाट प्रशंसापत्र दिईयो ? भन्ने पत्रकारको जिज्ञासामा जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जिल्ला प्रशासन कार्यालय सौन्दर्यकरणका लागि अग्रवालले ४०-५० थान गमला उपलब्ध गराए वापत सम्मान गरिएको बताउनु भयो।

त्यस्तै पार्टी आज एक समारोह बीच पार्टी प्रवेश गराएका मध्ये शिव कुमार पनि विवादित व्यक्ति रहेको बताइन्छ। शिवले यस अघिको पाँच वर्षभित्र “जय महाबीर कृषि सहकारी संस्था लि. सखुवा प्रसौनीको नाममा प्रदेश सरकारबाट करोडौँको कृषि योजना ल्याई भ्रष्टाचार गरेको प्रमाणसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा मुद्दा विचाराधीन रहेको छ। यस्ता विवादित व्यक्तिलाई पार्टीभित्र प्रवेश गराएर पार्टीको चरित्र धुमिल गर्न खोजिएको भन्दै माओवादी भित्रकै कार्यकर्ताहरू असंतुष्ट देखिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM