२०८३ बैशाख २४ गते, बिहीबार २०:०४

सामाजिक सद्भाव जोगाउन धरानका १३ दलको संयुक्त अपील

काठमाडौं । धरानमा बसेको सर्वदलीय बैठकले भोलिका लागि निर्धारित कार्यक्रमहरु स्थगित गर्न आग्रह गरेको छ । बैठकपछि १३ वटा दलहरुले साझा विज्ञप्ति जारी गर्दै भोलि धरानमा तय गरिएका सबै कार्यक्रम स्थगित गर्न आग्रह गरेका हुन्।

‘परिस्थितिको गाम्भिर्यतालाई मनन गर्दै सामाजिक सञ्जाललगायतबाट सामाजिक सदभाव खलबलिने सामग्रीहरु पोष्ट, शेयर तथा कमेन्ट नगरिदिन सबैमा अपिल गर्दर्छौ’ वक्तव्यमा भनिएको छ, ‘अतः भोलि भाद्र ९ गते सम्बन्धित पक्षहरुबाट धरानमा आयोजना गर्न लागिएका पुर्वनिर्धारित कार्यक्रमहरु स्थगित गरी वातावरण सहज बनाउन भुमिका निर्वाह गरिदिन हुन हार्दिक अनुरोध छ ।’

साथै दलहरुले सामाजिक सद्भाव जोगाउन अपिल गरेका छन् । दलहरुले सामाजिक द्वोष तथा आस्था भावनामा ठेस पुर्‍याउने गतिविधि नगरिदिन आग्रह समेत गरेका छन् । धरानमा देखा परेको धार्मिक तथा सांस्कृतिक विवाद वार्ताको माध्यमबाट हल गर्न पहलकदमी लिने दलहरुले प्रतिबद्धता समेत जनाएका छन् ।

‘हाम्रो बहुलतायुक्त विशेषतालाई आत्मसात गर्द सबै जाति, धर्म, समुदायले एक आपसको धर्म, संस्कार, संस्कृति र परम्परालाई सम्मान गर्दै सामाजिक द्वैष तथा आस्थामा ठेस पुर्याउन गतिविधि नगरिदिनुहुन अनुरोध गर्दछौं’, विज्ञप्तिमा उल्लेख छ ।

ेविज्ञप्तिमा नेपाली कांग्रेसका धरान सभापति श्याम पोखरेल, एमालेका हध्यक्ष कर्मजंग एभेङ, माओवादीका अध्यक्ष सुर्यबहादुर भट्टराई, नेकपा एसका अध्यक्ष रेवतीरमण राई, जसपा नेपालका अध्यक्ष ताजुब लिम्बु, रास्वपाका संयोजक राजेशमान श्रेष्ठ, राप्रपाका सचिव तिलक मगर, नागरिक उन्मुक्ति पार्टीका उपाध्यक्ष पदम खेवाहाङले हस्ताक्षर गरेका छन् ।

यसैगरी नेससपा इन्चार्ज दिनेश राई, सलोराम इन्चार्ज भुपेन्द्र सुन्दर लावती, राजमुपा नेपालका उपमहासचिव विष्णु थाम्देन, खिसपा अध्यक्ष भुपी कायी र विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य सुदन कुमार श्रेष्ठको हस्ताक्षर छ ।

 

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM