Wednesday, September 11, 2024
घरक्राइम चेकनेपाल र भट्टराइको घरमै गएर सिआईबीले लियो बयान

नेपाल र भट्टराइको घरमै गएर सिआईबीले लियो बयान

काठमाडौं। चर्चित वालुवाटार ललिता निवास प्रकरणबारे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) पूर्वप्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईसँग बयान लिएको छ। आइतबार राति पूर्वप्रधानमन्त्रीद्वय डा. बाबुराम भट्टराई र माधव नेपालसंग बयान लिएको हो।

सिआइबीको टोली घरमै पुगेर बयान लिएको हो। सोमबार बिहान एक ट्वीट सन्देशमार्फत् डा. बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा आफ्नो संलग्नता बारे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) लाई जानकारी दिएपछि मात्रै बयान लिएको खुलेको थियो।

उनले लेखेका छन्, ’ललिता निवास प्रकरणमा मेरो पालाको मन्त्रिपरिषदको निर्णय सम्बन्धमा उठेका प्रश्नहरूवारे सत्यतथ्यको जानकारी मेरो शुरूदेखिको सार्वजनिक प्रतिबद्धता बमोजिम केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) लाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु! यो मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न गराउन एउटा दरो प्रस्थानविन्दु बनोस् भन्ने कामना गर्दछु।’

माधव नेपालको सचिवालयले पनि सिआइबीको टोली घरमा आएर बयान लिएको पुष्टि गरेको छ।

ललिता निवासको जग्गा व्यक्तिका नाममा लैजाने गरी मन्त्रिपरिषद्बाट भएका निर्णयमा संलग्न भएकामाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बयान लिने तयारी गरिरहेका बेला सत्ता गठबन्धन दलको दबाबमा नेपाल र भट्टराईसँग बयान नलिई अनुसन्धान टुंग्याउन लागेको थियो। तर चौतर्फी दबाब बढेपछि घरमै गएर बयान लिएको हो।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -