२०८२ माघ २८ गते, बुधबार ०५:५३

क्लव संचालकलाई मुक्का हान्ने गुण्डाको गगनदेखि अर्थमन्त्रीसम्म कनेक्सन

काठमाडौं । राजनीतिक संरक्षणमा रहेका गुन्डा नाइकेले ब्यवसायीमाथि आक्रमण गर्दा पनि प्रहरीले पक्राउ नै नगर्ने, गरे पनि मुद्दा कमजोर बनाएर पेश गर्ने गर्दा दण्डहीनताले प्रश्रय पाएको छ । नेता र प्रहरीले संरक्षणले ज्यानै लिनेगरी आक्रमण गर्नेहरुलाई पक्राउ नै नगर्ने र गरिहाले पनि मुद्दा कमजोर बनाउने क्रमले लगानीकर्ताहरु निराश भएका छन् । गएको असार १५ गते ठमेलको ओमनिया क्लब तोडफोड गर्ने र संचालक राजेन्द्र गुरुङमाथि सांघातिक आक्रमण गर्नेहरुलाई प्रहरीले पक्राउ गर्न चासो नै देखाएन ।

लामो समयदेखि काठमाडौंका विभिन्न स्थानमा जुवा अखाडा संचालन गर्दैआएका शैलेश श्रेष्ठ र युवराज श्रेष्ठको कनेक्सन सोझै कांग्रेस महामन्त्री गगनकुमार थापासँग भएकाले उनीहरुलाई प्रहरी बृत्त लैनचौरका डीएसपी गणेश बमले पक्राउ नै गर्न आनाकानी गरे । काठमाडौं प्रहरी परिसरका एसपी दानबहादुर कार्कीले समेत १५ दिनसम्म उनलाई पक्राउ गर्न चासो नै नदेखाएको आरोप लाग्यो । कुटपिटको सीसी क्यामेरा फुटेज मिडियाले बाहिर ल्याएपछि मात्र प्रहरीको चासो बढेको थियो ।

सीसी टीभी फुटेज बाहिरिएपछि दबाबमा परेको प्रहरीले घटना घटेको १५ दिनपछि असार ३० गते प्रहरीले उनलाई पक्राउ गरेको छ । ठमेलस्थित ओमनिया नाइट क्लबका सञ्चालक र बाउन्सरमाथि कुटपिट गर्ने नाइके सानुभाइ भन्ने युवराज गुरुङ र शैलेश श्रेष्ठले कांग्रेस महामन्त्री गगन थापालाई हेलिकोप्टर चार्टर गरी विभिन्न कार्यक्रममा लगेका तस्वीरसहितका समाचार बारम्बार आइरहेका छन् । पछिल्लो समय युवराज गुरुङको कनेक्सन अर्थमन्त्री डा. प्रकाशशरण महतसँग पनि बाक्लै देखिएको छ । नुवाकोट घर भएका गुरुङले पक्राउ परिसकेपछि डा. महतमार्फत् दबाब दिई मुद्दा कमजोर बनाउने चलखेल गरेको प्रहरी स्रोत बताउँछ ।

असार १५ मा क्लब प्रवेश गर्दा आफूलाई ‘सम्मान भएन’ भनेर युवराज सहितका युवाहरूले क्लब सञ्चालक राजेन्द्र गुरुङ, बाउन्सर र कर्मचारीलाई कुटपिट गरेर भागेका थिए । उनीहरूमाथि रेष्टुरेन्ट तथा लाउन्जहरुमा गएर लाखौँ रुपैयाँको खानपिन गर्ने र बिल तिर्ने बेला कर्मचारी तथा क्लब सञ्चालकहरूमाथि कुटपिट तथा तोडफोड गरेको आरोप छ ।

युवराज गुरुङ ८ बर्षअघि २०७२ भदौमा प्रहरी इन्काउन्टरमा मारिएका कुमार श्रेष्ठ घैैटेका सहयोगी थिए । घैंटेकै कारण उनको गगन थापासँग कनेक्सन थियो । घैंटे समूहका गुरुङ उनको मृत्युपछि पनि गुण्डागर्दीमै छन् । उनले क्लबहरुमा गएर पैसा माग्दै कुटपिटका घटना त बाहिर आइसकेका छन् । केही घटना बाहिर आए पनि धेरै घटना भने भित्रै गुपचुप बनाइने गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM