Wednesday, March 19, 2025
घरपत्रपत्रिका१७ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार, चार आरोपित पक्राउ

१७ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार, चार आरोपित पक्राउ

सप्तरी। सप्तरीको कञ्चनरूप नगरपालिकाकी १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पीडितको जाहेरीपछि दिपेश सुवेदी, सुदीप भुजेल, मनोज बिक र कैलाश भनिने टेकराज पोखरेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूले गत २९ असारको राति पुरानो घरमा लगेर सामूहिक बलात्कार गरेको आरोप छ । उनीहरूले घटना सार्वजनिक गरे ज्यान मार्ने धम्कीसमेत दिएका थिए ।

सोमबार किशोरीले इलाका प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिएकी थिइन् ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -