२०८२ माघ २६ गते, सोमबार २०:३८

नीति विपरीत प्रदेश बाहिरकालाई घुमुवा, रकम लिएर तस्करीको लाइन

बारा । उप प्रधानमन्त्री तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण गर्न कुनै कसर बाँकी नराख्ने कुरा बारम्बार गरि रहन्छन् । तस्करी कार्यमा संलग्न हुने जो कोहीलाई पनि कारवाही गर्ने बताई रहन्छन् । तर पनि सीमावर्ती क्षेत्रमा चोरी तस्करी धन्दा रोकिनु त परै जावोस झन् बढेको छ । हुदाहुदै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले अघि सारेको नीति विपरीत बारामा घुमुवा परिचालन गरेर रकम उठाउने, रकम लिएर तस्करी गर्न लाइन दिने काम भैरहेको छ ।

यस्तो हुदाहुदै पनि न त गृह मन्त्रालयले नै छानबिन गरेको छ न त सशस्त्र प्रहरीको मुख्यालयले नै ।

सशस्त्र प्रहरी बलका बारा स्थित गणका एसपी टोप बहादुर डांगीले अहिले दुई जनालाई अघोषित घुमुवाको रूपमा परिचालन गरेका छन् । सशस्त्र प्रहरी बल मुख्यालयले सरूवा गरेर कोशी प्रदेश स्थित ३७ नम्बर गणमा दरबन्दी भएका सिपाही रन्जित गुप्तालाई एसपी डांगीले मुख्य घुमुवाको रूपमा परिचालन गरेका छन् । प्रदेश नै फरक रहेको र सरूवा भएर दरबन्दी नै कोशी प्रदेश रहेको सिपाहीलाई दरबन्दीमा रमाना नगरी एसपी डांगीले घुमुवाको रूपमा परिचालन गरेका छन् गुप्तालाई । सिपाही रन्जित गुप्ता पहिले पर्साको वीरगंज स्थित भन्सारको बिओपीमा घुमुवा थिए । घुमुवा हुँदा आर्थिक रूपमा धेरै बदनाम भए पछि तत्कालीन डिआइजी ( हालका एआइजी ) चन्द्रप्रकाश गौतमले बाहिनीमा तानेर राखेका थिए । पछि उनको सरूवा कोशी प्रदेशको ३७ नम्बर गणमा भएको थियो । तर गौतमको सरूवा भए पछि आएका गणेश ठाडा मगरले उनलाई दरबन्दीमा पठाउनुको साटो फेरि बारा पठाए । त्यतिबेलाका बाहिनीका घुमुवाहरूको संरक्षणमा सिपाही गुप्ता फेरि बिओपी मटिरअर्वाको घुमुवा बने । त्यसपछि फेरि बिओपी बरैनियाको घुमुवा भए । बरैनियामा कार्यरत रहंदा आर्थिक लेनदेनमा धेरै बिबादमा परेपछि यिनै एसपी टोप बहादुर डांगीले गणमा तानेर राखे । बारम्बार आर्थिक लेनदेनमा बदनाम भएका घुमुवा गुप्तालाई डांगीले दरबन्दी पठाउनुको साटो उल्टो गणबाट परिचालन हुने आफ्नो घुमुवा बनाए । यिनै घुमुवाको केही दिन अघि कुखुराको चल्ला ल्याउने कारोवारीसँग झडप हुँदा औलामा चोट लागेपनि राति राति अहिले पनि गणबाट बाहिर निस्केर तस्कर देखि कारोवारी भेट्ने काम उनको रोकिएको छैन ।

केही दिन अघिमात्र बाराको चर्चित तस्करको रूपमा चिनिने कपडा कारोवारी भोला मियाँसंग एसपी डांगीका घुमुवा गुप्ताले गणमा लगेर एसपी डांगीलाई भेटाउने काम पनि गरे। भेटाउने काम मात्रै होइन मियाँले गुप्ता मार्फत एसपीलाई डेढ लाख रूपैयाँ समेत दिएको सार्वजनिक गरिसकेका छन् । तस्करी गर्ने भनेर डेढ लाख घुष दिएको कुरा मियाँले बाराका सबै कारोवारीलाई भनेपनि बरैनिया र पिपरपातीका सशस्त्रका निरीक्षक तथा डिएसपीले छुट्टै रकम मागे पछि मियाँको तस्करी धन्दा चल्न सकेको छैन । मियाँले न त दिएको रकम फिर्ता पाएका छन् न त काम गर्न नै पाएका छन् ।

यसबाहेक अर्का एक सहायक हवल्दार लोकनाथ पाठकलाई पनि एसपी डांगीले त्यसरी नै संरक्षण गरेका छन् । हाल काभ्रे गणमा कार्यरत डिएसपी राजेश फूंयाल सशस्त्र प्रहरी निरीक्षक हुँदा बिओपी बरैनियाको प्रमुख थिए । तिनै फूँयालको घुमुवा थिए लोकनाथ पाठक । त्यतिबेला देखि नै फूंयालको संरक्षणमा पाठक हाकिम देखि सशस्त्र मुख्यालयमा रिपोर्टिङ गर्दा ड्राइभर भनेर भन्ने गरिन्छ तर उनी शुरू देखि नै घुमुवा मात्रै होइन कि आर्थिक कारोवारमा संलग्न रहदै आएका प्रहरी हुन । कहिले जीतपुर त कहिले पथलैया स्थित राजश्वमा कार्यरत उनलाई एसपी डांगीले पनि प्रयोग गरिरहेका छन् । लामो समयदेखि बाराका विभिन्न युनिटहरूमा कार्यरत पाठकले तस्कर देखि व्यापारी सबै चिन्ने भएको कारण र सबै कारेवारीहरू जीतपुर र पथंलैया नै ठोकिनुपर्ने भएको कारण पनि त्यसको ठूलो फाइदा पाठकले उठाउंदै आएका छन् ।उनलाई एसपीको संरक्षण रहदै आएको छ।

आर्थिक लेनदेनमा धेरै नाम जोडिएपछि सशस्त्रका मधेस प्रदेश प्रमुख डिआइजी दिपेन्द्र शाहले राजश्व पथलैयाबाट तानेर १२ नम्बर गणमा राख्न लगाएका छन् । तस्करसँग लेनदेन मागेको अडियो सार्वजनिक भए पछि र बाहिनी सम्म पुगेपछि शाहले तान्न लगाएका हुन । अचम्मको कुरा त के भने गण तानेको र रकमको लेनदेनको अडियो सार्वजनिक भए पछि गत सोमबार बाहिनीमा उनलाई बोलाइएको थियो तर सोमबार नै बाहिनीबाट फर्किएका पाठक मंगलबारदेखि गणपति डांगीको मर्निङ वाकमा सधै संगै हुन्छन् । न त उनी बडीगार्ड हुन त न रनर नै हुन । यसबाट पनि पुष्टि हुन्छ कि एसपी डांगी र पाठकको कनेक्शन । डांगीसंग पाठकको सेतुको काम डिएसपी राजेश फूंयालले गरेको समेत खुलेको छ।अर्को घुमुवा सिपाही रन्जित गुप्तालाई पनि आंफुले गणबाट बाहिर ननिस्कन आदेश दिएको डिआइजी शाहले बताए । तर गुप्ता सधैं सांझ परेपछि र रात भए पछि गण बाहिर नै हुने गर्छन् ।

गत मंगलबार भारतबाट पिकअफ गाडीमा ठूलो मात्रामा कुखुरा आयो । पिपरपाती स्थित सशस्त्रको प्रस्तावित गुल्मको सेटिङ र संरक्षणमा उक्त कुखुरा भित्रिएको थियो । सो गुल्मले बिगु र महेश भन्नेलाई कुखुराको तस्करीको लाइन दिएका छन् । मंगलबार उक्त कुखुरा ल्याएपछि सीमा नजिकै फर्जी बिल बनाएर कुखुरा बिक्री गरेको खबर एसपी डांगीलाई कसैले दियो । एसपी डांगीले पिपरपातीको डिएसपी हरि शर्मा बिदामा गएपनि निरीक्षक दिनेश बांनियालाई जान आदेश दिए । तर गएको सशस्त्र प्रहरीको टोलीले बिक्रीवितरणमा रोक लगाएपनि कुखुरा पक्राउ गरेन । त्यसै छाडिदियो । कुखुराको तस्करी पिपिरपाती नजिकैको बालुवा नाकाबाट हुदै आएको छ। अहिले बाराबाट सशस्त्र प्रहरीको तर्फबाट तस्करीको लाइन पाउनेमा भोला, दीपक, शनि यादव, माष्टर, मौलाद्दीन, जयगुरूदेव छन् । तस्करीको लाइन पाए बापत मासिक १ लाखको दरले रकम दिने गरेको समेत खुलेको छ । तस्करीको लाइन दिएको बारेमा डिआइजी दिपेन्द्र शाहसंग जिज्ञासा राख्दा उनले आंफुले यस बिषयमा छानबिन गर्ने बताए।खोजतलास

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM