२०८२ जेष्ठ ५ गते, सोमबार १६:३९

चरेससहित दुई जना पक्राउ

वीरगञ्ज/मोटरसाइकलको ट्याङकीमा लुकाई नेपालबाट भारततर्फ लैजाँदै गरेको १५ किलो चरेससहित दुई जना वीरगञ्जबाट पक्राउ परेका छन्।

चरेशसहित पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका–५ बस्ने ३५ वर्षीय सत्यनारायण माझी र ४० बर्षिय प्रलाद माझी छन्। बीआर २२ एम ४२०६ नम्बरको मोटरसाईकलको ट्याङकीमा लुकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जले चेकजाँच गर्ने क्रममा वीरगञ्ज–१६ स्थित भन्सार मेनगेट क्षेत्रबाट दुबैजनालाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेक्वा पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष कुमार बस्नेतले जानकारी दिनु भयो ।

पक्राउ परेका दुबैजनालाई आवशयक कारवाहीको लागि प्रहरी चौकी ईनर्वा पर्सामा बुझार्ईएको डिएसपी बस्नेतले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM