Friday, April 12, 2024
घरपत्रपत्रिकाजनमत पार्टीलाई सरकारमा ल्याउनेबारे छलफल भइरहेको छ : मन्त्री शर्मा

जनमत पार्टीलाई सरकारमा ल्याउनेबारे छलफल भइरहेको छ : मन्त्री शर्मा

काठमाण्डाै/नेपाल सरकारी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले डा. चन्द्रकान्त (सीके) राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा ल्याउनेबारे सकारात्मक छलफल भइरहेको बताउनुभएको छ ।

मङ्गलवार सिंहदरबारमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री शर्माले याे कुरा बताउनुभएको हो । याे सम्बन्धमा अहिले सकारात्मक छलफल भए पनि निष्कर्षमा भने पुगिनसकेको मन्त्री शर्माको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘अहिले अलि पोजेटिभ छलफल भइरहेको छ । यसको निष्कर्षमा पुगिसकेको छैन । निष्कर्षमा नपुग्दा यस विषयमा भन्न सकिएन ।’

मन्त्री शर्माले रासायनिक मलको अभाव नभएको जिकिरसमेत गर्नुभयो । प्रधानमन्त्री र कृषि मन्त्रालयले मलमा समस्या नभएको कुरा बारम्बार भनेको उल्लेख गर्दै उहाँले वितरणमा भने केही समस्या देखिएको र त्यसको समाधानमा पनि सरकार लागिपरेको दाबी गर्नुभयाे ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

News & Updates

Recent Comments